इनरुवाको आधारभूत तह कक्षा ८ को परीक्षामा व्यापक अनियमितता, छानविनको माग
इनरुवा, वैशाख ८ गते । सुनसरीको इनरुवा नगरपालिकाले आधारभूत तह कक्षा ८ को परीक्षामा व्यापक अनियमितता भएको छ । विद्यालयहरुले आफ्नै विधालयमा होम सेन्टर परेको मौकामा अमर्यादित परीक्षा लिनुको साथै उतरपुस्तीका(कपी)परीक्षणदेखी नतिजा प्रकाशनमा अनियमितता गरेको स्रोतले जनाएको छ । स्थानीयहरुले कक्षा ८ को परीक्षाको नाममा बदनाम गर्ने गरी परीक्षा सञ्चालन गर्ने र लेख्दै नलेखेकोलाई पनि उतिर्ण गराउने, चिट चोर्ने र चेराउनेलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । यहाँ नतिजा प्रकाशनका क्रममा सामुदायिक देखी निजी विद्यालयका प्रधानाध्यापक, सञ्चालक, शिक्षकहरू र इनरुवा नगरपालिकाको शिक्षा शाखाका कर्मचारीलाई पनि छानवीन गरेर कारबाही गर्नुपर्ने माग उठेका छन् । इनरुवा नगरपालिका शिक्षा शाखा अधिकृत स्वस्तिका दाहालले सबै परीक्षाको कार्यक्रम, परीक्षण सम्बन्धीत विद्यालयले गरेको र नतिजा प्रकाशन मात्रै नगरपालिकाले गरेको प्रतिकृया दिनुभयो । विगतमा परीक्षा केन्द्र तोकेर एउटा विधालयलाई अर्को विद्यालयमा परीक्षा दिने र मर्यादित गर्ने प्रयास गरेको भएपनि यस वर्ष कक्षा ८ को परीक्षाको नाममा रहेको बजेट सक्न र बढी अनियमितता गर्ने गरी होम सेन्टरमा परीक्षा दिएको र नतिजा प्रकाशनमा मिलेमतो देखिएको भन्दै कारबाही गर्नुपर्ने अभिभावकहरुले नगरपालिकासंग माग गरेको हो । यसरी प्रकाशन गरेको नतिजकोे विश्वसनियता माथि नै प्रश्न उठेपछि सरकार छ की छैन भन्ने प्रश्न पनि बाहिर आएको छ । अभिभावकहरुले सोमबार मात्रै नगरप्रमुख केदार भण्डारीलाई नगरपालिकामा भेट्न र कक्षा ८ को परीक्षाको नाममा भएको अनियमितताको छानवीन गर्न माग गर्न पुगेकोमा प्रमुख बाहिर भएकाले प्रत्यक्ष भेट्न नपाएको गुनासो गरेका छन् ।

अभिभावक ममता कुमारी यादवले परीक्षाको नतिजामा व्यापक अनियमितता गरेको आरोप लगाउनुहुदै कक्षा ८ को परीक्षामा दिएको प्रश्न नै फेरी दिएर अभिभावकको अगाडी परीक्षा दिन लगाउदाँ ६० प्रतिशत नतीजा फेरबदन हुने अवस्था आउने भएकाले यसका लागि छुट्टै छानवीन समिति बनाएर परीक्षण गरिएको कपी, नजीता र प्राक्टिकलको नाममा दिएको अंकहरुको सुक्ष्म अनुसंधान गर्नुपर्ने जरुरी रहेको बताउनुभयो । सामुदायिक विधालयमा अक्षर नै नचिन्ने २० प्रतिशत बढी परीक्षार्थी पास गराएको छ भने केही निजी विद्यालयका सञ्चालक तथा कपी परीशक्षकहरूको संलग्नतामा ऐ र ऐ प्लसको ट्याग अनि चार जीपीएको नतिजा देखाएकाले ….के गर्ने भन्दा देख्नेलाई लाज जस्तो भएको देखिएको अभिभावको भनाई छ । परीक्षा जस्तो सम्बेदनशिल विषयमा गरेको अनियमितमा संलग्नहरूलाई कानुनी कारबाहीको प्रक्रिया अगाडी बढाउन अभिभावको माग रहेको छ । इनरुवा नगरपालिकाले २०८२ चैत ९ देखि १७ गते सम्म सञ्चालन गरेको आधारभूत तह कक्षा ८ को परीक्षामा सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थी सहभगी भएका थिए । बैशाख ३ गते प्रकाशित भएको नतिजामा अनुपस्थित भएको बाहेक प्रायः विद्यार्थी उत्तीर्ण भएका छन् । नतिजा सार्वजनिक भएपछि अभिभावकहरुले परीक्षामा अनियमितता भएको भन्दै सार्वजनिक रूपमा गरेका छन् । परीक्षाको नाममा दुई लाख रुपियाँ बजेट रहेको छ । परीक्षार्थीबाट समेत विद्यालयहरुले परीक्षा शुल्क उठाएको छ । सरकारी बजेट, परीक्षाको नाममा उठाएको शुल्क र हचुवाको भरमा परीक्षण गर्ने नाममा भएको खर्च समेतको छानविन गर्नुपर्ने माग उठेकोछ । नगर प्रमुख केदार भण्डारीले फोन उठाउनुभएको छैन भने उपप्रमुख विनिता कुमारी मेहताले एउटा विद्यालयको मात्रै अनुगमन गरेको प्रतिकृया दिनुभयो । अरु परीक्षा र नतिजाको विषयमा शिक्षा समिति र परीक्षा समितिलाई थाहा हुने विषय भएको प्रतिकृया दिनुभयो ।
