दशगजा क्षेत्रमा नेपाल र भारतीय सुरक्षाकर्मीको संयुक्त सरसफाई अभियान
देवराज यादव
सुनसरीको कोशी गाउँपालिका वडा नं ८ भण्टाबारी र भारतको भिमनगर सीमानाका दशगजा क्षेत्रमा नेपाल र भारतीय सुरक्षाकर्मीको संयुक्त सरसफाई अभियान सुरु भएको छ। नेपाल भारतको दशगजा क्षेत्रमा दुइ देशिय सुरक्षाकर्मीले संयुक्त सरसफाई अभियान संचालन गरेको हो।
सुनसरीको भण्टाबारी र भारतको भिमनगरसँग जोडिएको नेपाल भारतको सीमा क्षेत्रको दशगजा क्षेत्रमा फोहरले गर्दा हिँडडुल गर्न समेत समस्या भएको गुनासो आएपछि त्यहाँ संयुक्त सरसफाई अभियान चलाएको हो । सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा भारतको एसएसबीको संयुक्त टोलीले अभियान संचालन गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा मुल्म हे.क्वा. हरिपुर सुनसरीका सशस्त्र प्रहरी नायब उपरिक्षक शमशेर कार्की , इलाका प्रहरी कार्यालय भण्टाबारीका इन्चार्ज, भारतका तर्फबाट सशस्त्र सीमाबल शैलेशपुरका कमान्डर एस जिडी नन्द लाल समेतको संयुक्त टोलीले सरसफाइअभियान संचालन गर्नुभएको हो ।
दुबै देशका सहभागी सुरक्षाकर्मीहरूले नेपाल र भारतको दशगजा क्षेत्रमा रहेको फोहरहरूलाई पन्छाउन र व्यवस्थित गर्दै अभियानलाई तीव्रता दिएको छ। सशस्त्र प्रहरी नायब उपरीक्षक कार्कीले दशगजामा रहेको फोहरले गर्दा साझविहान हिडड्डलमा समेत समस्या भएपछि संयुक्त सरसफाइ अभियान संचालन गरिएको बताउनु भयो ।
उहाले दशगजा दुबै देशको सरोकार भएकोले सबै मिलेर दशगजा क्षेत्रलाई सरसफाइ गरेको र नागरिकहरूले पनि सफा बनाउनुपर्ने बताउनु भयो । अभियानमा स्थानीय व्यापारी, आमनागरिक, समाजसेवी, र पत्रकारहरूको समेत सहभागीता थियो । अभियानले सीमा क्षेत्रमा दुवै देशबिचको सहयोग र सद्भावलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको भारतका सशस्त्र सीमाबल शैलेशपुरका कमान्डर एस जिडी नन्द लालले बताउनु भयो।

१ , नेपाली सुरक्षाकर्मीहरू र भारतका तर्फबाट सशस्त्र सीमाबल शैलेशपुरका कमान्डर एस जिडी नन्द लाल समेतको संयुक्त टोली।
तस्बिर: जयकृष्ण यादव। इनरुवा

