जिल्ला अस्पताल सुनसरी स्वास्थ्य न्युनतम सेवा मापदण्डमा ८६% अंक सहित उत्कृष्ट
अनिल श्रेष्ठ । इनरुवा
जिल्ला अस्पताल सुनसरी आफ्नो भएको स्रोत साधनको आधारमा उत्कृष्ट काम गरेको पाइएको छ । स्वास्थ्य न्युनतम सेवा मापदण्डमा ८६% अंक सहित उत्कृष्ट काम गरेको रिर्पोट सार्वजनिक भएको छ ।

प्रत्येक ६।६ महिनामा गर्दै आएको स्वास्थ्य सेवाको न्युनतम सेवा मापदण्डमा अहिले ८६% अंक सहित उत्कृष्ट भएको रिर्पोट सार्वजनिक भएको जनाएको छ । प्रदेशका अस्पतालहरु मध्ये इनरुवा अस्पतालको रिर्पोट २०७८ को भन्दा दोब्बर स्तरले सुधार भएको अस्पताल व्यवस्थापक बाल कुमारी तामांगले जानकारी दिनुभयो ।

अहिले आएको रिर्पोट ६ महिना पहिलेको जस्तो नै आएको भएपनि थप उत्कृष्ट हुनका लागि भौतिक पूर्वाधार र अन्य मापदण्डहरु थप्नुपर्ने आवश्यक रहेको बताइएको छ । अहिले रक्तसंचारको सेवा समेत सुरु भएको , इमरजेन्सी सेवा सुधार, वार्ड विस्तार तथा व्यवस्थित गर्ने काम भएको अस्पतालका प्रमुख डा. अमरेशकुमार कुशवाहाले जानकारी दिनुभयो । उहाँले आफूहरु आएपछि सुधारको बाटोमा अस्पतालको सेवा रहेको बताउनुभयो । यस अस्पातलको सेवा थप सुधारका लागि अस्पताल भवनको थप व्यवस्था, भवन संरचना,दरबन्दी अनुसारका डाक्टर, कर्मचारी हुनुपर्ने र मापदण्ड अनुसारको संरचना विस्तार गर्न सकेको खण्डमा एमएसएसको रिर्पोटमा अझै अंक सहित सर्वोतकृष्ट हुन सक्ने बताइएको छ ।


