सुनसरीमा दुर्घटनामा परि दुईको मृत्यु
जयकृष्ण यादव । इनरुवा
इनरुवा, बैशाख १९ गते ।सुनसरीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको दुहबी नगरपालिका वडा न. २ तुथाहा स्थित ईनरुवा र दुहबी भित्री सडक खण्डमा एक जना र ईटहरी उप–महानगरपालिका १७ पकली भित्रि सडक खण्डमा एक जना गरी दुई जनाको मृत्यु भएको हो । ईनरुवाबाट दुहवि तर्फ आउदै गरेको प्र १–०२–००२ ख ११११ नम्बरमा बसले बिपरित दिशा तर्फबाट जादै गरेको साईकललाई ठक्कर दिई दुर्घट्ना हुदाँ साईकल यात्री करिब ५० वर्षीय पुरुषको मृत्यु भएको छ । नामथर थाहा नभएको पुरुषलाई ठक्कर दिएकाले उपचारका लागि कोशी अस्पताल विराटनगर पु¥याउना साथ अस्पतालले मृत घोषणा गरेको थियो । इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी सहायक निरीक्षक जिव नारायण भट्टका अनुसार मृत घोषणा गरेको लाश सोही अस्पतालको सव गृहमा राखिएको तथा बस र बस चालक मोरङको बिराटनगर मनपा ११ का ३० वर्षीय मुकेश सहनि र सह चालक सुनसरीको ईनरुवा ३ का २४ वर्षीय सागर चौधरीलाई इप्रका दुहबीको नियन्त्रणमा लिएको छ । उता जिल्लाको ईटहरी उप–महानगरपालिका १७ पकली स्थित भित्रि सडक खण्डमा पश्चिमबाट पुर्ब तर्फ जाँदै गरेको प्रदेश नं. १–०२–००२ स ६६९५ नं.को पानी बोक्ने सिटि सफारी अनियन्त्रीत भइ दुर्घटना हुदाँ सिटि सफारी चालक बिकल चौधरीको मृत्यु भएको छ । रोड साइटमा रहेको फलामको बिजुलीको पोलमा ठक्कर लागी दुर्घटना हुँदा चालक इटहरी १८ का २५ वर्षीय बिकल चौधरी र सोही सिटीमा सवार २६ वर्षीय उमेश श्रेष्ठ घाइते भइ उपचारको लागी बिराट टिचिङ अस्पताल बिराटनगर पठाइएको दुबै जनाको टाउकोमा चोट अबस्था गम्भिर रहेको थियो । उपचारका क्रममा सिटि सफारी चालक बिकल चौधरीको राती मृत्यु भएको थियो ।
