विधार्थीको बुवाको निधन भएपछि विधालय नियमित गर्न पोसाक
जयकृष्ण यादव । इनरुवा
इनरुवा, बैशाख १८ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ को एक सामुदायिक विद्यालयका विधार्थीको अभिभावक बुवाको निधन भएपछि विधालय नियमित गर्न विद्यालयले पोसाक र शैक्षिक सामग्री सहयोग गरेको छ । स्थानीय श्री युवा वर्ष आधारभुत विद्यालयका विधार्थीको बुवाको निधन भएपछि विधालय नियमित नहुने र पढाई विचैमा छाड्न सक्ने भएकाले नियमिता गर्न विद्यालय भर्ना अभियानको क्रममा पोसाक सहयोग गरेको प्रधानाध्यापक भोला प्रमाणिकले जानकारी दिनुभयो । प्रमाणिकका अनुसार श्री युवाबर्ष आधारभुत विद्यालयमा कक्षा चारमा अन्ययनरत्त विद्यार्थी रमित उराँवको बुवाको असामयिक निधन भएकोमा उक्त दुःखद् घडीमा मृतक प्रति श्रद्धाञ्जली दिदै उहाँको परिवारमा समानुभुतीका लागि सहयोग गरेको हो । विद्यालयका शिक्षकहरु सहितले विद्यालय भर्ना अभियानका क्रममा विधार्थीलाई विधालय नियमित हुन र पढाई विचैमा नछाड्न आग्रह गर्दै नियमिताका लागि पोसाक सहयोग गरेको जनाएको छ ।

१, भोक्राहा नरसिंह ४ को स्थानीय श्री युवा वर्ष आधारभुत विद्यालयका विधार्थीको बुवाको निधन भएपछि विद्यालय भर्ना अभियानको क्रममा पोसाक सहयोग गर्दै प्रधानाध्यापक भोला प्रमाणिक र शिक्षकहरु ।
तस्विर ः
