सम्मान तथा रचना वाचन कार्यक्रम सम्पन्न
प्रगतिशील लेखक सङ्घ सुनसरीको वार्षिक सम्मान तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ।सनिबार विन्दु दाहाल मुकदर्शकको प्रमुख आतिथ्यतामा इटहरी-५ सेक्रेट हार्ट बोडिङ्ग स्कूलमा वार्षिक सम्मान तथा रचना वाचन सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख वक्ता प्रा.डा. बद्री विशाल पोख्रेल ,विशिष्ट अतिथि तीला लेकाली र अन्य अतिथिहरूको बाक्लो उपस्थितिमा भएको कार्यक्रमको सञ्चालन सचिव कृष्णप्रसाद नेपालले गर्नुभएको थियोे । स्वागत मन्तव्य कोषाध्यक्ष सञ्जीव कटुवालको रहेको उक्त कार्यक्रममा सम्मानित व्यक्तिहरूको बारेमा सदस्य गीता बस्नेतले प्रकाश पार्नुभयो। उक्त कार्यक्रममा विभिन्न स्रष्टाहरूलाई सम्मान गरिएको छ ।

वार्षिक सम्मान तथा रचना वाचनमा प्रलेस सम्मान २०८२ पूर्व प्रलेस अध्यक्ष साहित्यकार प्रल्ह्राद पहरेदारलाई नगद ११ हजार१११ सहित प्रदान गर्नुभयो। त्यसैगरी प्रलेस कला सम्मान पुरस्कार २०८२ गायिका अम्बिका दवाडीलाई नगद ५ हजार,५५५ सहित प्रदान गर्नुभयो।
“देवी हीरा पाण्डे “पुरस्कार अनु लामिछाने नगद ५,००० सहित र “देवी हीरा पाण्डे “पुरस्कार बाल प्रतिभा प्रितम निरौलालाई नगद ५,००० सहित प्रदान गरेको जनाएको छ ।

सम्पन्न भएको कार्यक्रममा साहित्यकार ,पत्रकार,इष्टमित्र एवम् नातेदारको बाक्लो उपस्थिति रहेको थियोे ।वार्षिक सम्मान तथा रचना वाचन कार्यक्रममा विराटनगर ,इनरूवा ,दमक ,धरान र इटहरीको उपस्थिति अधिक रहेको थियो।उक्त कार्यक्रम प्रलेस अध्यक्ष विमला पोख्रेलको अध्यक्षतामा भव्य र सभ्य रूपमा ५० जना बढीको उपस्थितिमा सम्पन्न भएको थियो ।
