जल्पापुरमा रास्वपाको समिति गठन
राष्ट्रिय स्वतन्त्र पार्टी ईनरुवा नगरपालिका वडा नम्बर १० जलपापुरमा आईतबार समिति गठन भएको छ । सम्पन्न भएको पार्टी सदस्यहरू र नेताहरूको भेलाबाट समाजसेवी एवं निर्माण व्यवसायी श्री रमजान मियाँको सभापतित्वमा जल्पापुरमा इनरुवा १० वटा रास्वपाको समिति गठन भएको हो ।

रास्वपाको इनरुवा १० को उपसभापतिमा युवा व्यावसायी शालिन्द्र कुमार गुप्ता, सचिवमा असलम मियाँ चयन भएका छन् । रास्वपाको सदस्यहरूमा रमेश पोदार, नौसाद आलम, विष्णु गुप्ता, फूलकुमारी राम, कदमलाल खत्वे, अबुकर आलम, धनावत सरदार लगायतको रहने गरी तदर्थ कमिटीमा चयन भएका छन् । पार्टीका दिलिपचन साहुका अनुसार सवैलाई बधाई एवं शुभकामना दिदै पार्टीको काम लाग्न समाजसेवी एवं निर्माण व्यवसायी रमजान मियाँको नेतृत्व सफल हुनेछ ।
