दुई दिवसिय क्षमता अभिवृद्धि तालिम सम्पन्न
सुनसरीको इनरुवामा सहकारी सिद्धान्त र यसको व्यवहारिक अभ्यास बिषयक दुई दिवसिय क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।

सहकारीकर्मीहरुका लागि दुई दिवसिय क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको सहकारी अभियन्ता माधवप्रसाद आचार्यले जानकारी दिनुभयो ।

कार्यक्रम बलाहा सहकारी सञ्जाल, ईनरुवा–५ को आयोजना र इनरुवा नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयको सहयोगमा सम्पन्न भएको थियो । तालिमको उद्घाटन ईनरुवा नगरपालिका प्रमुख केदार भण्डारीले गर्नुभएको थियो ।

सनिबार सुरु भएको तालिम आईतबार सम्पन्न भएको आयोजकले जनाएको छ । तालिममा नवयुग बहुउद्देश्यीय, देउराली सहकारी, शारदा साकोस्, शङ्कर साकोस्, बलाहा बचत, लाटीदेवी साकोस, करेशावारी कृषि सहकारी, लालुपाते कृषि सहकारी सहितका संस्थाहरुको सहभागीता रहेको थियो ।

इनरुवा ५ नं. वडा कार्यालयको तालिम कक्षमा सम्पन्न भएको तालिमको सहजकर्ता रुद्र प्रसाद उप्रेती रहनुभएको थियो ।
