जयकृष्ण यादव । इनरुवा
इनरुवा, बैशाख २२ गते । सुनसरीको सदरमुकाम सेमत भएको इनरुवा नगरपालिकाले जेठ १५ गते “इनरुवा डे (दिवस)” मनाउने तयारी गरेको छ । इनरुवा नगरपालिकाले आफ्नो स्थपना दिवशको अवसरमार जेठ १५ गते इनरुवा डे मनाउने भएको हो । मंगलबार इनरुवाका नगर प्रमुख केदार भण्डारीले पत्रकार सम्मेलन गरेर जेठ १५ गते इनरुवा डे कार्यक्रम तयारी पुरा गरेको जानकारी दिनुभयो । उहाँले नगर कार्यपालिकाबाट इनरुवा डे सम्बन्धीको मापदण्ड स्वीकृत गरी जेठ १५ गते इनरुवा डे (दिवस) मनाउने तयारी पुरा भएको जानकारी दिनुभएको छ । इनरुवा नगरपालिकाको नगर सभाको पन्ध्रौं अधिवेशनले इनरुवा नगरपालिकाको स्थापना, विकास तथा विभिन्न क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्ने व्यक्तित्वहरूको सम्मान गरी उनीहरूको योगदानको कदर गर्न इनरुवा डे कार्यक्रम मनाउने निणर्य अनुसार दिवश मनाउने भएको भण्डारीले जानकारी दिनुभयो । उहाँले कार्यक्रमका लागि बजेट विनियोजन गरेको र उक्त कार्यक्रम संचालन गर्न इनरुवा नगरपालिकाको नगर कार्यपालिकाले इनरुवा डे मापदण्ड तयार गरी लागू गरेको जानकारी दिनुभयो । मापदण्ड अनुसार इनरुवा डे कार्यक्रमको मुख्य उद्देश्यहरुमा इनरुवाका ऐतिहासिक तथा सामाजिक योगदानकर्ताहरूको सम्मान गर्नु, इनरुवाको इतिहास संरक्षण तथा प्रचारप्रसार गर्नु र समाजमा सकारात्मक प्रेरणा प्रदान गर्नु रहेको जानकारी दिनुभयो । इनरुवा डे को अवसरमा विभिन्न विधाका व्यक्तिहरुलाई सम्मान गर्ने समेत जानकारी दिनुभयो । नगरको विभिन्न विधाहरूमा इनरुवाको स्थापना तथा विकासमा योगदान गर्ने व्यक्तिहरू, शैक्षिक, धार्मिक तथा सार्वजनिक संस्थाका लागि जग्गा दान गर्ने व्यक्तिहरू,इनरुवाका पहिलोःनेपाल सरकार तथा प्रदेश सरकारका मन्त्री÷राज्यमन्त्री, प्राज्ञ, नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, नगर प्रमुख, उपप्रमुख, प्रोफेसर, शिक्षक, डाक्टर, इन्जिनियर, सांसद, वकिल, पत्रकार, लेखक, काव्यकार, कवि, खेलाडी, कलाकर्मी (विभिन्न विधाका), विभिन्न पेशामा आवद्ध भई सेवा गरेका अपाङ्गता भएका व्यक्ति, प्रत्येक वडाबाट ज्येष्ठ नागरिक १÷१ जना (एक महिला र एक पुरुष), उत्कृष्ट किसान, श्रमिक (समग्र नगरबाट १÷१ जना) र अन्य विशेष ऐतिहासिक योगदान गर्ने व्यक्तिहरू रहेको छ ।
दिवसको लागि सम्मानित व्यक्ति छनौट गर्न वडा स्तरीय सिफारिस समिति बनाएको छ । व्यक्तिहरुको विवरण संकलन गरी नगर स्तरीय कार्यक्रम व्यवस्थापन तथा सिफारिस समितिमा पेश गर्न प्रत्येक वडामा वडा अध्यक्षको नेत्तृव वडा स्तरीय सिफारिस समिति रहेको जनाएको छ । नगर प्रमुख केदार भण्डारीले पत्रकार सम्मेलनमा दिनुभएको जानकारी अनुसार वि.स.१९८८ यताका विभिन्न विधाका पहिलो व्यक्तिहरुलाई सम्मान र स्मारिका निर्माण इनरुवा डे कार्यक्रमको मुख्य आकर्षण रहेको जानकारी दिनुभयो । नगर प्रमुख केदार भण्डारीले आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा उपप्रमुख विनिता कुमारी मेहता, प्रमुख प्रशासकिय अधिकृत भाष्कर दाहाल,वडा अध्यक्षहरु अनिल कुमार पोखरेल, सुमन थापा सहितको उपस्थिती रहेको थियो । इनरुवा डे को बारेमा जानकारी दिनुहुदै प्रमुख भण्डारीले इनरुवाको इतिहासमा पहिलो कार्यक्रम समेत भएकोले सबै नगरबासीहरुमा कार्यक्रम सफलताका लागि सहभागिता र सहयोगका लागि आग्रह गर्नुभयो ।

१, इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीले आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा उपप्रमुख विनिता कुमारी मेहता, प्रमुख प्रशासकिय अधिकृत भाष्कर दाहाल सहित वडा अध्यक्षहरु अनिल कुमार पोखरेल, सुमन थापाले इनरुवा डे को बारेमा जानकारी दिनुहुदै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा