धनकुटा जिल्लाको चौविसे गाउँपालिकाले सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याएको छ । नागरिकहरुलाई सहज, सरल र सार्थक सेवा प्रवाहका लागि सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याएको प्रमुख प्रशासकिय अधिकृत बाबुनन्द मेहताले जानकारी दिनुभयो ।


अधिकृत मेहताका अनुसार चौविसे गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयमा नागरिक सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याएको र त्यसबाट सेवाग्राहीलाई दर्जन सेवा निःशुल्क रूपमा उपलब्ध हुनेछ । सहायता कक्षबाट निशुल्क रुपमा फोटोकपी गरीदिने, फारम भरीदिने, टाईपिङ, प्रिन्टीङ, ईमेल, ईन्टरनेट तथा सेवा प्राप्त गर्नका लागि स्थानीय भाषामा सहजिकरण लगायत सेवा दिने जनाएको छ । चौविसे गाउँपालिकाले सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याएकाले सहज, सरल र सार्थक सेवा प्राप्त गर्ने भएकाले जानकारी खुसी भएका छन् ।