सुनसरीको इनरुवा नगरपालिका ९ बबियाको सहकारी संस्था लिमिटेड बबिया पुनरजिवित हुदैछ । सनिबार सहकारी संस्था लिमिटेड बबियाको २० वर्षपछि १७ औं सधारण सभा बोलाइएकोमा गणपुरक संख्या नपुगेकाले स्थगीत भएपनि पुनरजिवित हुने भएको छ ।

कार्यवाहक अध्यक्ष खलिल मियाँको अध्यक्षतामा भएको सभामा सरोकारबालाहरुले सामुदाय अनि किसानका लागि अत्यन्त खुसीको पल भएकाले जेठ २ गतेको साधारण सभाबाट नयाँ नेतृत्व चयन हुने गरी सभा बोलाउने भएको छ ।

यहाँ २० वर्षदेखी बन्द रहेको सहकारी खुल्ने बारेमा वृहत छलफल भएको र विगतमा दबाव, पहल र प्रयासको कारणले सहकारी सञ्चालनमा आउन लागेको छ । केही सार्थक फल पाउने भएकाले सहकारी संस्था लिमिटेड बबियाका सेयर सदस्यहरु खुसी भएका छन् । केहीले असल तथा खुसीको पहल र प्रयास कृषकलाई खादमलका लागि तथा अन्य सुविधाको लागि सरकारी स्वामित्वसहित सर्वसाधारण नागरिकको लगानी रहेको भवन तथा जग्गा सहित करोडौंको सम्पत्ति ओझेलमा परेको सहकारीलाई सञ्चालनमा ल्याउने प्रक्रिया सुरु गरेको अवस्थाले सफलता पाओस भनेर शुभकामना दिएका छन् ।


कसले के भने सभाको बारेमा ?

सहकारी संस्था लिमिटेड वबिया जिवित हुने लगभग पक्का हुने निश्चित भएको छ। आज १७ वार्षिक साधारणसभा भब्यरुपमा सम्पन्न भएको छ। आउदो महिनाको २ गते शनिबार बिहानको ११ बजे पदाधिकारी छनोट छलफलमा सहभागिता भईदिनहुन सम्पूर्ण सेयर सदस्यहरुमा अपिल