सेवा प्रवाह विषयक संवाद, सहभागीको सुशासनमा जोड
जेठ ५ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ मा सेवा प्रवाह विषयक फलोअप संवाद कार्यक्रम सम्पन्न भएको छ । वडा स्थित सरोकारबालाहरुको सहभागितामा सरकारी सेवा प्रवाह र नागरिकको सेवामा पहुचको सावालमा संवाद गरिएको वडा अध्यक्ष धिरेन्द्र कुमार यादवले जानकारी दिनुभयो । यादवले वडाका सबै राजनीतिक दलहरु , महिला स्वास्थ्य स्वयम सेविका, नागरिक समाज र महिलाहरुको उपस्थितीमा सरकारी सेवा प्रवाहप्रति नागरिकको सन्तुष्टी र नागरिकको पहुचका बारेमा छलफल सहितको संवाद भएको बताउनुभयो । सामाजिक परीवर्तन केन्द्र काठमाण्डौको आयोजना र वडा कार्यालयको समन्वयमा संवाद गरिएको संवाद सहजकर्ता जयकृष्ण यादवले जानकारी दिनुभयो । सहभागीहरुले शिक्षा, स्वास्थ्य, सिचाई, सडक र विकासका बारेमा सवाल उठाएको आयोजक सामाजिक परीवर्तन केन्द्रका सुनसरी संयोजक रमेश भट्टराईले जानकारी दिनुभयो । संवादमा महावती रामले सडक सुरक्षा र सरसफाईमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । त्यसैगरी निर्मला मेहताले स्वयम सेविकाहरुको सुविधाप्रति सरकार उदासिन रहेको गुनासो गर्नुभयो । कार्यक्रममा ४० बढी सरोकारबालाहरुको उपस्थिती रहेको थियो । लक्ष्मी शर्माले नहर भएरपनि पानी नआएकाले सिचाई समस्या भएको गुनासो गर्नुभयो । महिला स्वास्थ्य स्वयम सेविकाहरु अनिता मण्डल, रिता साह, निर्मला मेहता, फुलो राम, सुमित्रा यादव, सुर्जीदेवी खत्वे सहितले स्वास्थ्यको क्षेत्रमा राम्रो काम गरेको भएपनि आफूहरुको सही मुल्यांकन नभएको गुनासो गर्नुभयो । कार्यक्रममा सरोकारबालाहरुले सुशासन र सेवाप्रवाहमा पारदर्शीता हुनुपर्नेमा जोड दिएका थिए ।

१, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ मा सेवा प्रवाह विषयक फलोअप संवाद कार्यक्रमका सहभागीहरु ।
तस्विर ः
