वडा सदस्यमाथि प्रधानाध्यापकले गरे दुव्र्यवहार
सुनसरी
२०८३, जेठ ७ गते । सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर २ का वडा सदस्य ४५ वर्षीय वीरेन्द्र कुमार मेहतामाथी राजाजी रामजी महतो (दास) मा.वि.को प्रधानाध्यापक ५२ वर्षीय रामसागर मेहताले अभद्र व्यवहार गर्नुभएको छ ।

जेठ ५ गते विद्यालयमा व्यवस्थापन समितिको बैठकमा गएको बेला वडा सदस्य मेहता माथि प्रअले हातपात गर्दै अभद्र व्यवहार गरेको पीडितले बताउनुभएकोछ ।

मेहताले मितिः २०८३।०२।०५ भएको दुव्र्यहारका घटनाको बारेमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा जेठ ५ गते उजुरी गर्दै कारबाहीको माग गर्नुभएको छ । वडा सदस्य मेहताले प्रशासनमा दिनुभएको निवेदनमा भनिएको छ,“ यस वडा अन्तर्गत रहेको श्री राजाजी रामजी महतो (दास) मा.वि. को मिति २०८३÷०२÷०१, च.न.९५ को प्राप्त पत्रानुसार उक्त बिद्यालयको वि.व्य.स.लाई पूर्णता दिने सम्बन्धमा हुने बैठकमा म बिरेन्द्र कुमार मेहता का. वा. वडा अध्यक्ष भएको नाताले उक्त बैठकमा उपस्थित हुदाँ उक्त बिद्यालयका प्र.अ. रामसागर मेहताले म माथी औला ठड्याइ, गाली गलौज गरी अपमान गरी अभद्र ब्यबहार गरेको हुदाँ निज रामसागर मेहतालाई कानुन अनुसारको कारबाहीको लागी हार्दिक अनुरोध गर्दछु ।” वडा अध्यक्षको अनुपस्थितीमा सो दिन का.बा.वडा अध्यक्षको जिम्मेबारीमा रहेकोले मेहता विधालय गएको बेला अभद्र व्यवहार गरेको बताउनुभएकोछ । उहाँले प्रशाशनमा दिनुभएको निवेदन जिल्ला प्रहरी कार्यालयमा पठाएको छ । उता प्रअ मेहताले पनि आफूमाथि वडा सदस्यले हातपात प्रयास गरेको भन्दै जेठ ६ गते प्रहरीमा निवेदन दिनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले दुवै पक्षलाई जेठ ७ गते छलफलका लागि बोलाएको छ
