इनरुवा नगरपालिका ५ मा निःशुल्क स्वास्थ्य जाँच शिविर
सुनसरीको इनरुवा नगरपालिकामा निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ । समाज कल्याण परिषद् राष्ट्रिय स्वास्थ्य कोष भृकुटिमण्डप, काठमाडौंको आयोजना, प्राईम हस्पिटल प्रालि विराटनगरकाे प्राविधिक सहयोग तथा इनरुवा नगरपालिका ५ को समन्वयमा निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको हो ।

नबयुग बहुउद्देश्यीय सहकारीको भवनमा सम्पन्न
निःशुल्क स्वास्थ्य जाँच शिविरमा २०० भन्दा बढीलाई सेवा दिएको आयोजकले जनाएको छ । कोषका सदस्य सचिव मेघराज न्यौपानेले आफूहरुले विपन्न, गरिब, सुकुम्बासी सहितलाई ध्यानमा राखेर इनरुवा नगरपालिका ५ नम्बर वडा कार्यालयको सहकार्यमा स्वास्थ्य शिविर गरेको बताउनुभयो ।

कोषको सहयोगमा इनरुवामा पहिलोपटक आयोजना गरेको शिविरमा दुई सय जना बढीले स्वास्थ्य जाँच, परीक्षण तथा निशुल्क शिविर गरेको न्यौपानेले जानकारी दिनुभयो । निःशुल्क बृहत् स्वास्थ्य शिविरमा अस्पतालसम्म पहुँच नपुगेका नागरिक तथा बिरामीहरुमा स्वास्थ्य उपचार सेवाका लागि प्राईम अस्पतालका चिकित्सकहरुबाट स्वास्थ्य परीक्षण गरिएको छ ।


शिविरमा निःशुल्क बिरामी जाँच,ईसिजि,सुगर ,प्रेसर सहित निशुल्क ओषधी वितरण , ई.सी.जी, भिडियो एक्स–रे सहितको सेवा दिएको न्याैपानेले जानकारी दिनुभयो । आधा दर्जन चिकित्सकहरुको सहभागितामा सञ्चालित शिविरबाट नगरका दुई सय जनाभन्दा बढीले प्रत्यक्ष रुपमा स्वास्थ्य सेवा लिएका छन् । शिविरबाट विभिन्न सात प्रकारका सेवा उपलब्ध गराएको थियो । निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच तथा सेवासँगै निःशुल्क आवश्यक औषधीसमेत वितरण गरिएको थियो । शिविरमा बरिस्ठ फिजिसियन डा .रमेशकुमार चाैरसिया,हाडजाेर्नी तथा नसा राेग विशेषज्ञ डा .अजय महताे ,डा साेनाली सिंह ,डा टेकनारायण यादव र डा राजेश यादव सहितले सेवा दिनुभएको थियो ।

सेवा प्रभावकारी पाएकामा विरामी तथा सेवाग्राही खुसी भएको टंक दाहालले जानकारी दिनुभयो । शिविरमा नै भिडियो ऐक्सरे सेवा पाएर निशुल्क ओषधी पाएकाे सेवाग्राही पुनम दाहालले जानकारी दिनुभयो ।
