हरिनगर ५ मा राष्टिय स्वतन्त्र पार्टीको वडा अधिवेशनबाट पप्पु यादवको अध्यक्षतामा ७ सदस्य समिति चयन

सुनसरीको हरिनगर गाउँपालिका ५ बसन्तपुरमा राष्टिय स्वतन्त्र पार्टीको सम्पन्न भएको वडा अधिवेशनबाट पप्पु यादवको अध्यक्षतामा ७ सदस्य समिति चयन भएको छ । हरिनगर गाउँपालिका वडा नं. ५ को वार्ड अधिवेशनबाट संयोजकमा पप्पु यादव, उप–सभापतिमा सङ्गिता कुमारी मेहता र सचिवमा अमित यादव सहित नयाँ कार्यसमिति चयन गरिएको छ । पार्टीको वडा सदस्यहरूमा रुनाल मेहता, बिजय मेहता, सुलोचना मेहता र बेदप्रकाश मेहता सहित चयन भएको पार्टीले जनाएको छ । पार्टीका नेताहरुले नवनिर्वाचित सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ । पार्टी वडा सभापती यादवले वडा तथा जनताको हक–हितका लागि सशक्त रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।
