पाँच वर्षभित्र शतप्रतिशत नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराइने
काठमाडौँ, जेठ १५ गते । सरकारले आगामी पाँच वर्षभित्र शतप्रतिशत नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउने लक्ष्य राखेको छ ।
शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी तीन वर्षमा ६५ प्रतिशत र पाँच वर्षभित्र शतप्रतिशत नागरिकलाई सुरक्षित एवं स्वच्छ खानेपानी सेवा उपलब्ध गराइने बताउनुभयो । उहाँका अनुसार आगामी पाँच वर्षभित्र आधुनिक तथा स्मार्ट वितरण प्रणाली लागू गरी चौबीसै घण्टा स्वच्छ पिउने पानी सुनिश्चित गरिने छ ।
