इनरुवा डे कार्यक्रममा इनरुवा नगरपालिकाले नगरका २५ वटा संघसंस्थालाई सम्मान गरेको छ । इनरुवा नगरपालिकासंग सहकार्य गरी विगत लामो समयदेखि विभिन्न साँस्कृतिक तथा खेलकुद सम्बन्धी कार्यक्रमहरु र निरन्तर रुपमा सामाजिक सेवामा समर्पित संघसंस्थाहरु मध्ये १३ वर्ष पुरानो संस्था साझेदारी नेपाल सहित नगरका २५ वटा संघसंस्थालाई सम्मान गरेको हो । नगर प्रमुख केदार भण्डारीले इनरुवा डे मा साझेदारी नेपालका अध्यक्ष साेनी यादवलाई संघसंस्थाबाट सम्मानित गर्नुभएको छ । नगरपालिकाले सुनसरी वाचानालय, इनरुवा १, फुलवारी क्रिकेट क्लब, इनरुवा २, इनरुवा इभेन्ट म्यानेजमेन्ट, इनरुवा,द राइजिङ्ग इनरुवा युथ क्लव, झीगु नेवाः समाज, साझेदारी नेपाल, इनरुवा ९ बबिया,शान्तिदिप नेपाल, इनरुवा ३, हाम्रो सहयात्रा मंच, इनरुवा-३, सन्तावन्न युवा क्लव, इनरुवा १,थारु कल्याणकारिणी सभा, नेपाल मगर महिला संघ, इनरुवा नगर समिति,इनरुवा जेसिज ,इनरुवा फुटवल क्लव, इनरुवा,राजी पाडहा सरना प्रार्थना सभा नेपाल, करुणा समाज, इनरुवा ५,जिवन विज्ञान प्रतिष्ठान, इनरुवा ३,एम.एम.कप फाउण्डेशन, इनरुवा ३,सिर्जनामा इनरुवा, इनरुवा ३, अपन स्वर्ग नेपाल, इनरुवा, राइजिङ्ग इनरुवा युथ क्लव, इनरुवा २,महिला सुरक्षा तथा विकास केन्द्र, सामाजिक विकासका लागि एकवद्धता नेपाल,सगरमाथा अपाङ्गता संघ,वहिरा हित संरक्षण समाज,इनरुवा क्रिकेट एकेडेमी सहितका नगरका २५ वटा संघसंस्थालाई सम्मान गरेको छ ।