इनरुवा, जेठ १७ गते । सुनसरीको गढी गाउँपालिका वडा नम्बर–६,सत्तेरझोरा स्थित बूढी खोला छेउ सडक किनारमा एक पुरुषको शव फेला परेको छ । आइतबार फेला परेको बेवारिसे शवको पहिचान खुल्न नसकेको प्रहरी चौकी गढीका असई प्रेम कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार मदिरा सेवन गरी चर्काे घाममा साइकल कुदाइरहेकोमा अनियन्त्रित भई सडकबाट तल साइकलसहित लडेर उठ्न नसकेर ज्यान गएको हुन सक्ने अनुमान गरिएको छ । मृतकको हालसम्म पहिचान खुल्न सकेको छैन । घटना स्थलमा मृत पुरुषसगैं साकईकल रहेकाले चर्काे घाममा साइकल कुदाइरहेकोमा अनियन्त्रित भई सडकबाट तल खोला किनारमा साइकलसहित लडेर उठ्न नसकेर ज्यान गएको हुन सक्ने प्रहरीको अनुमान छ ।