सखुवासभा जिल्ला पुर्ख्योली जन्म थलो भइ विभिन्न क्षेत्रमा रहेका कलाकार लेखकहरुको सखुवासभा कलाकार चाैतारि केन्द्रीय समितिको प्रदेश शाखा गठन भएको छ । कोशी प्रदेश शाखा सुनसरीकाे इटहरीमा सम्पन्न भएको भेलाले भोलामान गुरुगंकाे अध्यक्षतामा ११ सदस्य प्रदेश समिति गठन भएको हो ।

समिति उपाध्यक्षमा मिश्रा गुरुगं, सचिवमा सुधिर के सी , कोषाध्यक्षमा सीता थेवे ( मोरगं ) चयन हुनुभयो । सदस्यहरुमा करुणा राई,सुनिता चाम्लिंग, जुनु बुढाथोकी, कृष्ण गैातम, धिरेन जइरुर संरक्षक अभिभावकमा बरिस्ठ कवि बम देवान,मुक्क्ती पोखरेल,भुपाल नेपाल चयन हुनुभयो ।
सल्लाहकारमा प्रदिप कुमार श्रेस्ठ सुनसरी ,इन्द्र झापा, कविता केसरी मोरगं,बिरेश राई,शान्ती बहादुर अधिकारी, पुरन राई चयन हुनुभयो ।



केन्द्रिय सह सचिव राजु बार्हकोटिको प्रमुख आतिथ्यता र र विसिस्ट अथिती बरिस्ठ कवि बम देवान र अन्य अतिथी हरुमा प्रदिप कुमार श्रेस्ठ मुक्क्ती पोख्रेल हरि बहादुर खत्री चर्चित गायिका जुनु प्रसाईं सगितकारहरु हुनुहुन्थ्यो । भेला सञ्चालन साहित्यकार सुधिर के सिले गर्नुभएकोमा कलाकार भोलामान गुरुगंले अधक्ष्यता गर्नुभएको थियो ।