नेवाः उत्थान समाज इनरुवाको १२ औं अधिवेशन सम्पन्न भएको छ । सुनसरी सदरमुकाम इनरुवामा नेवाः उत्थान समाज इनरुवा ३ सुनसरीको १२ औं अधिवेशन भव्यताका साथ सम्पन्न भएको हो । सम्पन्न भएको नेवाः उत्थान समाज इनरुवाको १२ औं अधिवेशनबाट दिलिप कुमार श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नँया कार्य समिति चयन गरेको छ । समाजको उपाध्यक्षमा बुद्धिमान श्रेष्ठ र रिमा श्रेष्ठ , सचिबमा अनिल कुमार श्रेष्ठ , कोषाध्यक्षमा मनिष श्रेष्ठ चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा सागर श्रेष्ठ , सरिता श्रेष्ठ, पुजा श्रेष्ठ, बिपन श्रेष्ठ , ज्ञान माया श्रेष्ठ र लक्ष्मण प्रधान रहनुभएको छ ।


सम्पन्न भएको अधिवेशन छत्र बहादुर श्रेष्ठको अध्यक्षता र केदार कुमार श्रेष्ठ (नेवा ः देय दबु सुनसरी अध्यक्ष) को प्रमुख अथित्यता रहेको थियो । कार्यक्रमका बिशेष अतिथि इनरुवा ३ का वडा अध्यक्ष रमेश कुमार श्रेष्ठले समाजले नेवार समुदायको उत्थान र सेवामा समर्पित रहेको सामाजिक संस्था भएकाले थप सफलताको शुभकामना दिनुभयो । उहाँले नयाँ निर्वाचित समितिका पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना र बधाई समेत दिनुभयो ।