इनरुवा, असार २ गते । सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिकाको वडावडामा न्यायिक समिति संयोजकसंग जनता कार्यक्रम सञ्चालन गरेको छ । नागरिकहरुलाई सामाजिक न्याय र न्यायिक समितिको कामकारबाही, सेवा प्रवाह तथा विवाद समाधान प्रक्रिया, उजुरी प्रकृयाको बारेमा जानकारी दिने र सचेतना फैलाउने उदेश्यले वडावडामा न्यायिक समिति संयोजकसंग जनता कार्यक्रम सञ्चालन गरेको हो । देवानगञ्जको विभिन्न वडामा पुग्नुभएकी गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक कुमारी विभा यादवले न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमिन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गरेको बताउनुभयो । न्यायिक समितिको अधिकार क्षेत्रको प्रयोग न्यायिक समिति संयोजक र सदस्यले सामूहिक रूपमा गरिरहेको बताउनुभयो । गाउँपालिकास्तरीय न्यायिक समितिबाट हुने गरेका काम कार्वाहीको अवस्था बुझ्न वडावडा र गाउँगाउँमा पुगेर सुझाव संकलन गर्न समेत सहभागिहरुसंग कार्यक्रम गरेको बताउनुभयो ।


पहिलो देवानगञ्ज गाउँपालिका वडा नम्बर २ को वडा स्तरीय न्यायिक समिति संयोजकसंग जनता कार्यक्रम शिव दलिद आधारभुत विद्यालयमा सञ्चालन गरेको थियो । न्यायिक समिति संयोजक कुमारी विभा यादवको प्रमुख आथित्यता र देवानगञ्ज गाउँपालिका–२ स्थित शिव दलिद आधारभुत विद्यालयका प्रधानाध्यापक बेचन खत्वेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

न्यायिक समितिले स्थानीय स्तरमा मेलमिलाप र फैसला दुवै प्रकृयाबाट टुंगो लगाउदै आएको मुद्दाका बारेमा जानकारी दिने र स्थानीयहरुको भावनाको सम्मान गर्न वडातहमा कार्यक्रम गरेको बताइएको छ । वडाका ५० बढी सहभागी सरोकारबालाहरुको उपस्थिती रहेको थियो ।
दोस्रो देवानगञ्ज गाउँपालिका वडा नम्बर ७ को वडा स्तरीय न्यायिक समिति संयोजकसंग जनता कार्यक्रम श्री सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन गरेको थियो । न्यायिक समिति संयोजक कुमारी विभा यादवको प्रमुख आथित्यता र देवानगञ्ज गाउँपालिका–७ स्थित विद्यालयका प्रधानाध्यापक घानश्याम यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा न्यायिक समितिले तीन वर्षमा गरेको प्रगतिहरु र गर्दै आएको कार्य सम्भादनको बारेमा जानकारी सहित न्यायिक समितिको मुद्दाका क्षेत्राधिकारका बारेमा जानकारी दिएको थियो ।

गाउँमा वडातहका स्थानीयहरुको न्यायमा पहुच र सामाजिक न्यायको भावनाको कदर गर्न कार्यक्रम गरेको बताइएको छ । वडाका ३० बढी सहभागी सरोकारबालाहरुको उपस्थिती रहेको थियो ।
तेस्रो देवानगञ्ज गाउँपालिका वडा नम्बर ४ को श्री दिनाभद्री आधारभुत विद्यालयमा वडा स्तरीय न्यायिक समिति संयोजकसंग जनता कार्यक्रम सञ्चालन गरेको थियो । न्यायिक समिति संयोजक कुमारी विभा यादवको प्रमुख आथित्यता र देवानगञ्ज गाउँपालिका–४ स्थित विद्यालयका प्रधानाध्यापक सुरेन्द्र कुमार मेहताको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा न्यायिक समितिले सम्पादन गर्दै आएको काम कार्वाही र गरेको प्रगतिहरुको बारेमा जानकारी सहित न्यायिक समितिको मुद्दाका क्षेत्राधिकारका बारेमा जानकारी दिएको थियो । वडाको दलित बस्तीमा स्थानीयहरुको न्यायमा पहँुच गर्न कार्यक्रम गरेको बताइएको छ । वडाका ५० बढी सहभागी सरोकारबालाहरुको उपस्थिती रहेको थियो । सुनसरीको देवानगंज गाउँपालिका वडा नं. ३ स्थीत श्री माध्यमिक विद्यालय (पाचोसिम्बर)मा देवानगंज गाउँपालिका न्ययीक समिति संयोजक कुमारी विभा यादवको प्रमुख आतिथ्यता एव्म विद्यालयका प्रधानाध्यापक श्री जयनन्द शर्माको अध्यक्षतामा न्यायिक समिति संयोजकसंग जनता कार्यक्रम सम्पन्न गरिएकोछ । कार्यक्रममा सहभागी असोक यादवले आफूहरुलाई अन्याय परेको बेला न्यायिक समितिको गएको र सेवा पाएको समेत बताउनुभयो । उहाँले प्रमाणको अभावमा ढिलाई भएको र मापदण्ड अनुसारको तीन महिनाभित्र छिनोफानो नभएको गुनासो गर्नुभयो ।


आफ्नो गाउँपालिकाबाट न्याय सम्पादन गरेका विषयमा स्थानीयको बुझाइ र आगामी दिनमा न्यायिक समितिलाई अझै प्रभावकारी ढंगले अगाडि बढाउनका लागी स्थानीयको सुझाव संकलन गर्न पनि वडावडामा पुग्ने गरी न्यायिक समिति संयोजकसंग जनता कार्यक्रम सञ्चालन ल्याएको बताउनुभयो ।
उहाँले न्यायमा जनताको पहुँच कस्तो छ ? जनताको पहुँच पु¥याउन कस्तो खाले कार्यक्रम ल्याउन सकिन्छ ? भन्दै आफू उपाध्यक्षको नेतृत्वमा वडामा पुगेर कार्यक्रम गरेको बताउनुभयो । कार्यक्रममा बोल्दै देवानगञ्ज गाउँपालिका–२ का स्थानीय प्रधानाध्यापक बेचन खत्वेले न्यायिक समितिले स्थानीय स्तरमा मेलमिलाप प्रकृयाबाट टुंगो लगाउने मुद्दा दुबै पक्ष सन्तुष्ट हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पहिले पहिले सामान्यरू भएका विवाद मिलाउन नसक्दा त्यो घटनाले विकराल रूप लिन्थ्यो, मुद्दामामिला गर्न सदरमुकाम जानु पथ्र्यो जुन झन्झटिलो पनि थियो । यहाँका स्थानीय न्यायका लागि सदरमुकामसम्म जानसक्ने अवस्था पनि थिएन । तर, अहिले त्यस्तो छैन्, उहाँले थप्नुभयो ‘अहिले स्थानीय तह अन्तर्गतको न्यायिक समितिले यस्ता खालका विवाद सुल्झाउने भएकाले न्यायको अनुभूति हामीले गर्न पाएका छौँ ।’

न्यायिक समितिका उजुरी प्रशासक तथा न्यायमा जनताको पहुँचका लागि कार्यक्रम गरेको जनाएको छ । कार्यक्रमका क्रममा न्यायिक समितिको उजुरी दर्ता तथा फछ्र्यौट प्रक्रिया, मेलमिलापको अभ्यास, अभिलेख व्यवस्थापन, पक्षहरुको पहुच, समितिको सेवा प्रवाहको अवस्था र कानुनी प्रक्रियाको पालना लगायतका विषयमा सहभागीहरुलाई जानकारी गराएको थियो । प्रशिक्षक सुनसरी जिल्ला अदालतमा सुचिकृत मेलमिलापकर्ता जयकृष्ण यादवले न्यायिक समितिमार्फत समुदायस्तरमै विवाद समाधान हुँदा अदालतसम्म पुग्नुपर्ने झन्झट कम हुनुका साथै सामाजिक सद्भाव, एकता, सामूहिक भाव र भाईचारा कायम राख्न समेत सहयोग पुगेको बताउनुभयो ।