जयकृष्ण यादव । इनरुवा
इनरुवा, असार ६ गते । लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सुनसरीको इनरुवामा प्रभातफेरी निकालिएको छ । सुनसरीमा यो दिनश ६ दिनसम्म मनाउने गरी सनिबार “लागु औषधको चुनौती चिनौः सामाजिक समाधानको बाटो खोजौं” मुल नाराका साथ दुव्र्यसन विरुद्धको अभियान लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तराष्ट्रिय दिवस(जुन२०–२६)को अवसरमा बिहान प्रभातफेरी निकालिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरी इनरुवाको प्राङगणमा भेलाका सरोकारबालाहरुको सहभागितामा अबको युद्ध दुव्र्यसन विरुद्ध, लागु पदार्थको नासा, जिवनमा भोग्नुपर्छ दासा, दुव्र्यसन त्यागौं, सभ्य समाज निर्माणमा लागौं सहितको नारा लेखिएको प्लेकार्ड र व्यानर सहित इनरुव नगरपरिक्रमा गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपाने, इनरुवाका नगर प्रमुख केदार भण्डारी, प्रहरी उपरीक्षक केशव कुमार थेवे सहितका सरकारी अधिकारीहरु, जनप्रतिनिधि तथा फ्यान जिल्ला कार्य समितिका पदाधिकारीहरु, विधार्थी, शिक्षक सहितको सरोकारबालाहरुको सहभागितामा निकालिएको प्रभातफेरी गोल चौक, शान्ती चौक, इनरुवा नगरपालिका हुदै गुद्री र महानन्द पार्कसम्म परिक्रमा गरेर कोण सभा कार्यक्रम गरी सम्पन्न भएको थियो । कार्यक्रममा फ्यान क्लव र समुदाय–प्रहरी साझेदारी कार्य समितिमा आवद्व सदस्यहरुको उल्लेखीय उपस्थिति रहेको थियो । प्रहरी उपरीक्षक केशव कुमार थेवेले जिल्ला प्रहरी कार्यालय सुनसरी सामुदायिक शाखा मार्फत ६ दिनसम्म विविध कार्यक्रम संचालन गर्ने गरी प्रभातफेरी गरेर उद्घाटन भएको बताउनुभयो ।
हरेक वर्षको जून २६ तारिखलाई अन्तर्राष्ट्रिय लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको दिवसको रूपमा मनाउने निर्णय संयुक्त राष्ट्रसंघको सन् १९८७ को घोषणापत्रको ४२ को ११२ खण्डमा उल्लेख गरिएको छ । त्यस दिनको एउटा मात्र उद्देश्य भनेको विश्व समुदायलाई लागूऔषधको असर र कारोबारबाट मुक्त गराउनु हो । नेपालमा लागूऔषध प्रयोगकर्ताको वार्षिक औसत वृद्धिदर ५.०६ प्रतिशत रहेको सरकारी तथ्यांक रहेको छ । त्यसैलाई मध्यनगर गरी नेपाल लागूऔषध प्रयोगकर्ता सर्वेक्षण २०७६ अनुसार नेपालमा लागूऔषध प्रयोगकर्ताको वार्षिक औसत वृद्धिदर ५.०६ प्रतिशत आकलन गरिएको छ ।

दिवसको अवसरमा सहायक प्रजिअ न्यौपानेले लागूऔषधको दुव्र्यसनमा लाग्ने युवा, किशोर, किशोरीको संख्या बढ्दै जानु चिन्ताको विषय भएको बताउनुहुदै अभियानमार्फत सचेतना फैलाउदै जोगाउन तर्फ लाग्नुपर्ने बताउनुभयो । उहाँका अनुसार लागु औषधको दुरुपयोग तथा अवैध ओसारपसारले सामाजिक अपराध बढाउनुका साथै समाजमा नकारात्मक प्रभाव पारेको छ ।


१, लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सुनसरीको इनरुवामा निकालिएको प्रभातफेरीका सहभागीहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा