जयकृष्ण यादव । इनरुवा 

इनरुवा , असार १४ गते ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले लागू औषध ब्राउन सुगर सहित दुईजनालाई पक्राउ गरेको छ ।  धरान उपमहानगर पालिका १६ बाट  धरान उप-महानगरपालिका वडा नं.-१३ घर भई धरान १६ मा कोठा भाडा लिई बस्दै आएका ३३ वर्षिय बिक्की राई र जिल्लाकाे हरिनगर गाउँपालिका वडा नम्वर-२ का २३ वर्षीय अरबाज मियांलाई पक्राउ गरेको हो  । प्रहरी नायव उपरीक्षक चन्द्र बहादुर खड्काका अनुसार  राई र मियाँको साथबाट सत्ताईस ग्राम दुई सय मिलिग्राम लागू औषध ब्राउन सहित पक्राउ गरेको हो । लागू औषध र नम्बर प्लेट नभएको एनएस मोटरसाईकल एक थान सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान गर्ने कार्य भईरहेको जनाएको छ।