महिला प्रहरीका लागि सौन्दर्य अभिवृद्धी तालिम
जयकृष्ण यादव । इनरुवा
इनरुवा, असार २१ गते । कार्यस्थलमै स्वास्थ्य र सौन्दर्यलाई ख्याल गर्न सहजताका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत्त महिला प्रहरीलाई सौन्दर्य अभिवृद्धी तालिम दिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीको आयोजना र इन्टरनेश्नल व्युटिसियन एकेडेमीको सहकार्यमा महिला प्रहरीका एक दिवसीय सौन्दर्य अभिवृद्धी तालिम दिएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरी र मातहत समेतमा कार्यरत महिला प्रहरी कर्मचारीहरुलाई लक्षित गरी संञ्चालन तालिम प्रदान गरिएको जनाएको छ । महिला प्रहरीका लगि एक दिवसीय सौन्दर्य अभिवृद्धी तालिम सु–सम्पन्न गरीएको प्रहरी नायव उपरीक्षक चन्द्र बहादुर खड्काले जानकारी दिनुभयो ।


१, जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत्त महिला प्रहरीलाई आयोजित सौन्दर्य अभिवृद्धी तालिमका सहभागीहरु ।
तस्विर ः
