इनरुवा, असार २१ गते । सुनसरीमा गुणस्तरीय शिक्षाका लागि शिक्षकलाई निरन्तर सिकाइ आवश्यक रहेकाले कन्टिन्युअस एसेसमेन्ट सिस्टम तालिम दिएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) जिल्ला कार्यसमिति सुनसरीको आयोजनामा ‘कन्टिन्युअस एसेसमेन्ट सिस्टम ट्रेनिङ’ कार्यक्रम सम्पन्न भएको हो । आइतबार इनरुवामा शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख देवेन्द्रबहादुर मल्ल प्रमुख अतिथित्यता र नेशनल प्याब्सन कोशी प्रदेश अध्यक्ष कमल खनालको उपस्थितीमा तालिम सम्पन्न भएको हो । नेशनल प्याब्सन सुनसरीका संयोजक खगेन्द्र केसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सुनसरीका कक्षा १ देखि ५ सम्म अध्यापन गराउने ३० वटा विद्यालयका १०० भन्दा बढी शिक्षकहरूको सहभागिता रहेको थियो । विद्यार्थीको सिकाइ उपलब्धिको प्रभावकारी मूल्याङ्कन, कक्षाकोठामा प्रयोग हुने नवीन शिक्षण विधि तथा बालमैत्री शिक्षण प्रक्रियाका विषयमा सहजीकरण गरेको सहभागीहरुले बताएका छन् ।
इकाई प्रमुख देवेन्द्रबहादुर मल्लले वर्तमान शिक्षा प्रणालीमा केवल परीक्षा केन्द्रित शिक्षाभन्दा विद्यार्थीको निरन्तर सिकाइ, व्यवहार र सीपको मूल्याङ्कनलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । विद्यालयमा प्रभावकारी शिक्षण सिकाइका लागि शिक्षकहरूलाई समयानुकूल तालिम र क्षमता विकास आवश्यक रहेको उल्लेख गर्दै यस्ता तालिमले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।


१ गुणस्तरीय शिक्षाका लागि शिक्षकलाई निरन्तर सिकाइ आवश्यक रहेकाले आयोजना गरिएको कन्टिन्युअस एसेसमेन्ट सिस्टम तालिमका सहभागी अथितिहरु ।
तस्विर ः