जनता माविमा वार्षिक उत्सव, सम्मान, विदाई तथा पुरस्कार वितरण कार्यक्रम
जयकृष्ण यादव । इनरुवा
इनरुवा, असार २५ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ७ स्थित श्री जनता माध्यमिक विद्यालयले विधार्थी सम्मान तथा पुरस्कार वितरण र विविध साँस्कृतिक कार्यक्रमका सहित वार्षिकउत्सव सम्पन्न गरेको छ । वार्षिक उत्सव, सम्मान, विदाई तथा पुरस्कार वितरण कार्यक्रम भव्यताको साथ सम्मन गरेको हो । बार्षिकोत्सवको अवसरमा आयोजीत कार्यक्रममा कक्षा १ देखी १० र एसईईमा प्रथम, द्धितिय र तृतिय भएका विधार्थीहरुलाई पुरस्कार तथा सेवा निवृत शिक्षकहरुलाई सम्मान गरेको हो । विद्यालयमा योगदान गर्नेहरु र सेवा निवृति शिक्षक कर्मचारीलाई प्रसंशा पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको प्रधानाध्यापक जदु साहले जानकारी दिनुभयो । पुरस्कार वितरण कार्यक्रम २०८३ मा कक्षा १ बाट २ मा जाँदा प्रथम विकास मण्डल, द्वितीय गौतम मण्डल, तृतीय निशा कुमारी साह, कक्षा २ बाट ३ मा जाँदा प्रथम सनम मण्डल (धानुक), द्वितीय सोनु सर्बरिया, तृतीय निशा कुमारी मण्डल र कञ्चन मण्डल, कक्षा ३ बाट ४ मा जाँदा प्रथम सिवानी कुमारी मण्डल, द्वितीय सुजित कुमार मण्डल र सन्तोषी मण्डल, तृतीय देविका उराँव र पार्वती मण्डल, कक्षा ४ बाट ५ मा जाँदा
प्रथम राधेश्याम मण्डल, द्वितीय राहुल सर्बरिया, तृतीय अमेरिका कुमारी मण्डल, कक्षा ५ बाट ६ मा जाँदा प्रथम सुरज कुमार उराँव, द्वितीय बन्दना साह र तृतीय सन्ध्या कुमारी साहलाई पुरस्कार प्रदान गरेको साहले जानकारी दिनुभयो । त्यसैगरी कक्षा ६ बाट ७ मा जाँदा प्रथम शिवनन्दन साह, द्वितीय कृष्णा यादव, तृतीय मधु यादव, कक्षा ७ बाट ८ मा जाँदा प्रथम पशुपति मण्डल, द्वितीय विनिता उराँव र तृतीय तारा कुमारी साह, कक्षा ८ बाट ९ मा जाँदा प्रथम सोवित कुमारी यादव, द्वितीय खुस्बु यादव, तृतीय मिथलेस मण्डल,
कक्षा ९ बाट १० मा जाँदा प्रथम रोशन मण्डल, द्वितीय पुष्पा मेहता, तृतीय विनिता सर्बरिया र एसईई कक्षा १० उत्तीर्ण भई गएकामा प्रथम नितु कुमारी मेहता (३.३० जि.पि.ए.), द्वितीय किरण कुमारी यादव (३.१२ जि.पि.ए.) र तृतीय प्रीति मण्डल (३.११ जि.पि.ए.) लाई पुरस्कार प्रदान गरेको छ ।
जनता माध्यमिक विद्यालय भोक्राहा नरसिंह गापा–७ मा सेवा गरेर सेवा निवृत हुनुभएकाहरुका लागि सम्मान तथा विदाई कार्यक्रम मार्फत हरिलाल यादव, गौतम कुमार चौधरी, भुपेश कुमार भुप, प्रमिला निरौला भट्टराई (शिक्षक) श्री मिश्रीलाल साहू विधालय सहयोगीलाई सम्मान गरेको जनाएको छ । सेवा निवृतहरुलाई कर्तव्यनिष्ठ एवम् असल शिक्षक, कर्मचारी र कार्यालय सहयोगीको रुपमा विद्यालयको वृद्धि विकासमा पुर्याउनु भएको योगदानको उच्च मूल्याङ्कन गर्दै कदर–पत्र र दोसल्ला प्रदान गरि सम्मान गरेको थियो । पुरस्कृत र सम्मानितहरुलाई प्रधानाध्यापक जदु लाल साह र प्रमुख अथिति भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर र विधालय व्यवस्थापन समिति ज्येष्ठ सदस्य एवम् कार्यक्रम अध्यक्ष सरिता देवी उराँवले दोसल्ला, कदर पत्र र पुरस्कार वितरण गर्नुभएको थियो ।
