ब्राउन सुगर सहित दुई पक्राउ
जयकृष्ण यादव । इनरुवा
इनरुवा ,असार २९ गते । सुनसरीको दुहबी नगरपालिका वडा नंम्बर ४ मालहट्टीबाट लागु औषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । दुहवी ४ स्थित बुढी खोलाको पुल छेउमा लागू औषध कारोबार भईरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहबी र लागू औषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले लागु औषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मोरङको धनपालथान गाँउपालिका वडा नम्बर १ नोचा टोलका २५ वर्षीय जमालउद्धिन मियाँ र इमदाद मियाँ रहेका छन् । उनीहरुलाई चेकजाँच तथा खानतलासी गर्दा लागू औषध ब्राउन सुगर १०७.४५ ग्राम फेला परेको थियो । मियाँदोयलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दुहबीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक चन्द्र बहादुर खड्काले जनाकारी दिनुभयो ।

१, बरामद भएको ब्राउन सुगर ।
