जयकृष्ण यादव । इनरुवा
इनरुवा ,असार ३० गते । सुनसरीमा एउटा सरकारी गाडी आफै अनियन्त्री भई भएको दुर्घट्नामा परेको छ । दुर्घटानमा परेर दुई जनाको मृत्यु भएको छ भने एकजना घाईते भएको प्रहरीले जनाएको छ ।

गएराती पौने १२ बजेको समयमा सुनसरीको इटहरी उप–महानगरपालिका वडा नम्बर २० स्थित सेउती पुल अगाडी तरहरातर्फ कोशी लोकमार्गमा दुर्घटना भएको हो । उत्तरबाट दक्षिणतर्फ आउदै गरेको बा १ ञा १६५१ नंम्बरको नेपाल विद्युत प्राधिकरण कार्यालय धरानको स्कारपियो गाडी आफै अनियन्त्री भई दुर्घट्ना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । गाडीमा चालक सहित ३ जना गम्भिर घाईते भएको उपचारको लागी बि पि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपा लगिएकोमा चालक जिल्लाको धरान उप–महानगरपाँलिका वडा नं.१३ का ३३ वर्षीय बिर्ख बहादुर राई र धरान–१६ का ४९ वर्षीय सुमन आचार्यलाई डक्टरले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेको थियो । मृतकदोयको लाश सोही अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।
सोही गाडिमै सवार जिल्लाको धरान उप–महानगरपाँलिका वडा नं.२० का ३२ वर्षीय पदम राईको निधार र छातीको भागमा चोट लागेको अबस्था उपचार भईरहेको छ । उक्त दुर्घट्ना भएको स्कारपियो गाडी इलाका प्रहरी कार्यालय इटहरि सुनसरीमा ल्याई राखेको र थप अनुसंधान भईरहेको प्रहरी नायव उपरीक्षक चन्द्र बहादुर खड्काले जानकारी दिनुभयो । स्कारपियो गाडि तिब्रगतिमा रहेको हुदा दुर्घट्ना हुन गएको प्रारम्भिक अनुमान गरिएको खड्काले बताउनुभयो ।