नेपाल सरकार, सम्माननीय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको च.नं. २५०, प.सं. २०८२।२०८३, मिति २०८३।३।२५ गतेको पत्रबाट वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ को दफा ११ ख (१) बमोजिम सम्माननीय प्रधानमन्त्री एवम् वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपतिज्यूको मिति २०८३।३।२४ गतेको निर्णयानुसार प्रतिष्ठानको उपकुलपति जस्तो गरिमामय पदमा प्रतिष्ठानको प्याथोलोजी विभागकी प्रमुख प्रा.डा. स्मृती कार्कीज्यू नियुक्त भई २०८३ असार २९ गते तद्नुसार १३ जुलाई २०२६, सोमबारका दिन उपकुलपतिका हैसियतले प्रतिष्ठानमा हाजिर भई सोही दिन देखि पदभार ग्रहण गर्नुभएको छ । वहा“ आप्mनो उपकुलपतिको कार्यालय प्रवेश गर्दैगर्दा उपस्थित जनमानस तथा प्रतिष्ठान परिवारबाट हर्षोल्लासका साथ फुल, माला, अबिर, खादाले भव्य स्वागत गरिएको थियो । उक्त स्वागत कार्यक्रममा प्रतिष्ठानका निमित्त कार्यलय प्रमुख तथा डेपुटी अस्पताल निर्देशक, डीनज्यूहरु, सहायक अस्पताल निर्देशकहरु, प्रवक्तारसह(प्रवक्ताहरु, प्रतिष्ठानका स्कुलरकलेजका चिफहरु, विभागीय प्रमुखहरु, मेट्रोनहरु, महाशाखारशाखा प्रमुखहरु, वार्ड इन्चार्जहरु, शिक्षक, चिकित्सक तथा कर्मचारीहरुका साथै विद्यार्थीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो भने प्रतिष्ठान बाहिरबाट स्थानीय बुद्धिजिवीहरु, प्रतिष्ठित व्यक्तिहरु, समाजका अगुवाहरु लगायत पत्रकारहरुको समेत उल्लेखनीय उपस्थिति रहेको थियो ।
प्रतिष्ठानमै प्याथोलोजी विषयमा स्नातकोत्तर ९ःम्० गर्नु भएकी प्रा.डा. कार्कीज्यूले यसभन्दा पहिले प्रतिष्ठानको कार्यकारिणी समिति सदस्य तथा विभिन्न महत्वपूर्ण समितिहरुको अध्यक्षको रुपमा समेत सफलतापूर्वक जिम्मेवारी सम्हाली सक्नुभएको छ भने विभागीय प्रमुखका हैसियतले पनि लामो समय देखि जिम्मेवारी सम्हाल्दै आउनु भएको छ भने वहा“ले प्रतिष्ठानमा हाउस अफिसरको पद देखि प्राध्यापकको पदसम्मको सेवा दि“दै आउनु भएको थियो ।


विभिन्न सरकारी संस्थाहरु, विश्वविद्यालयहरु, प्रतिष्ठानहरु आदिका पदाधिकारीहरु पदमुक्त हुने गरी नेपाल सरकारको मन्त्री परिषद्को निर्णय बमोजिम प्रतिष्ठानका उपकुलपति प्रा.डा. बिक्रम प्रसाद श्रेष्ठज्यू, शिक्षाध्यक्ष प्रा.डा. संजिव कुमार शर्माज्यू, रजिष्ट्रार प्रा.डा. सूर्य प्रसाद संग्रौलाज्यू तथा अस्पताल निर्देशक डा. जगत नारायण प्रसादज्यू पदमुक्त हुनुभए स“गै नेपाल सरकारले उपकुलपति पदका लागि दरखास्त आव्हान गरे पश्चात् सोह्र जना चिकित्सक।प्राध्यापकहरुले प्रतिष्प्रर्धामा सहभागिता जनाउनु भएको थियो । प्रतिष्प्रर्धाबाट सात जना छनौट हु“दै अन्त्यमा प्रा.डा. कार्की प्रतिष्ठानको उपकुलपतिमा छनोट हुन सफल हुनु भएको थियो ।
उपकुलपतिको नियुक्तिको प्रकृया हु“दै गर्दा प्रतिष्ठानको गतिविधिलाई सुचारु राख्न नेपाल सरकारले प्रतिष्ठानका डेपुटी अस्पताल निर्देशक डा. इन्द्र लिम्बूज्यूलाई सम्पूर्ण आर्थिक तथा प्रशासनिक अधिकार सहित निमित्त कार्यलय प्रमुखको जिम्मेवारी दिए बमोजिम वहा“ले हालसम्म उक्त जिम्मेवारी सफलतापूर्वक सम्हाल्दै आउनुभएको थियो ।
भवदीय

प्रा.डा. शमशेर श्रेष्ठ
प्रवक्ता