ब्राउन सुगर सहित स्कूटर बरामद
जयकृष्ण यादव । इनरुवा
इनरुवा ,असार ३१ गते । सुनसरीमा ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नम्बर–५ पत्रंङगा पुलबाट धरान उपमहानगरपालिका वडा नं. १८ का २५ वर्षीय सौगात सुनुवारलाई ७.५६ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्र बहादुर खड्काका अनुसार सुनुवारले चलाएको को २८ प २४३२ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्दा लागू औषध ब्राउन सुगर फेला परेको हो । बराहक्षेत्रबाट स्कुटरमा कालाबन्जर हुदै धरानतर्फ लागू औषध ओसार पसार भईरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगर र सशस्त्र प्रहरीको विपत ब्यवस्थापन सुरक्षा बेश चतरा, सुनसरीबाट संयुक्त रूपमा खटीएको टोलीले जिल्लाको धरान वडा नं. १८ का २५ वर्षीय सौगात सुनुवार र उहाँले चलाएको को २८ प २४३२ नम्बरको स्कुटर सहित ब्राउन सुगर ७.५६ ग्राम फेला परेको र अनुशंधान भईरहेको जनाएको छ ।


१, ब्राउन सुगर ७.५६ ग्राम सहित बरामद भएको स्कूटर सार्वजनिक गर्दै प्रहरी ।
