जयकृष्ण यादव । इनरुवा
इनरुवा , साउन १३ गते । सुनसरीकाे देवानगञ्ज गाउँपालिका ३ कप्तानगञ्ज घटनाको छानबिन गर्न गठित समिति मृतक ओमप्रकाश मेहताको घरमा पुगेको छ । मृतकको वुवा किसुनदेव मेहताले आफ्नो मृतक छाेरालाई सहिद घाेषणा, कमाउने एक मात्रै छाेरा गुमेकोले क्षतिपुर्ती दिनुपर्ने र सबै समुदायको शान्ति सुरक्षाको माग गर्नुभएको छ । उहाँले इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रहरी निरीक्षक राकेश राईकाे कारणले घटना भएको र गाेली ताकेर हानेको गुनासो गर्नुभएको  छ । स्थानीय प्रत्यक्षदर्शी तथा  मृतकका  काका बलराम मेहताले तस्करी संरक्षण गर्ने प्रहरीकाे नियत र एउटा समुदायको उक्साहटमा गाेली चलेको र भतिजोकाे हत्या तथा दर्जनभन्दा बढी घाइते भएको समिति समक्ष गुनासो गर्नुभयो । आफुहरुले बालकृष्ण मेहता र श्याम लाल मेहताले पनि प्रहरी निरीक्षक राईकाे बारेमा जिल्लामा गुनासो पाेख्दा पनि सुनुवाइ नभएकोले हत्याको घटना भएको दाबी गर्नुभयो ।
स्थानीयबासी रामप्रसाद मेहताले गाेलीकाे आवाज सुनेर गएको घटना स्थलमा पुगेकोमा  भान्जा ओेमप्रकाश गाेली लागेर मरेकाे देखेकाे बताउनुभयाे।


घटनाका बारेमा स्थानीय नारायण मेहताले डिजे बजाएर जाने क्रममा मुस्लिमहरुले राेकेकाे र इलियास मियाँ र अबुल मियाँ सहितको ८/९ जना  सहितकोले प्रहरीलाई  नजरना बुझाउने गरेको प्रभावमा गाेली चलाउनु भएको बताउनुभयाे ।
अशोककुमार मेहताले घटना भए पछि पुगेको बेला विगतमा मुस्लिम समुदायको कारणले समस्या भएको दाबी गर्नुभएको छ । स्थानीय प्रहरी चाैकीका सई प्रकाश श्रेष्ठलाई जानकारी दिदा पनि घटना भएको गुनासो गर्नुभएको हो । यसैबीच देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहतालाई समेत छानबिन समितिले भेटेको संयाेजक भुपेन्द्र थापाले जानकारी दिनुभयो ।
स्थानीय शिवनारायण मेहताले माेहर्मकाे बेला मेलाको झन्डा गाडेको विषयमा विवाद भएकोमा बाेलबम र डिजेकाे काण्डमा गाेली चलाउने गरेको छ ।  उहाँले भन्नुभयो , “राेहाेगिंयका कारणले घटना भएको हो । वडा अध्यक्ष अनिल भगतले अनुमती दिएको रहेको छ । ” रामढारी मेहताले गाेली अघि लाठीचार्ज चार्ज गरेको  र प्रहरीले दमन गरेको बताउनुभयो  । सुनसरीको देवानगञ्ज गाउँपालिका ३ कप्तानगञ्जमा भएको दुई समुदाय बीचको विवाद र त्यसपछि भएको गोली काण्डको घटना बारेमा छानबिन गर्न गठन भएको गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाकाे नेतृत्वकाे छानबिन समितिले पहिलो दिन घाईतेहरुलाई भेटेर काम थालेको थियो । दोस्रो दिन सुरक्षाअधिकारीहरु र संचारकर्मी सहितका सरोकारबालाहरुलाई भेटेको थियो ।  समितिले उपचाररत्त रहेका घाइते भेट्ने देखि सुरक्षा अधिकारी र संचारकर्मीसंग भेटेर घटनाको प्रारम्भिक जानकारी लिएको थियो  । यसअघि संयोजक थापाले मंगलबार प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद आचार्य र प्रहरी प्रमुख तथा संचारकर्मीहरुसंग छलफल गरेर जानकारी लिनुभएकाे थियो । थापाका अनुसार समितिले सातभित्र काम सक्ने गरि घटनास्थलको निरीक्षण, प्रत्यक्षदर्शीको बयान, घटनास्थलको अवस्था, सरोकारबालाहरुको प्रतिकृया, सुरक्षा निकायबाट प्राप्त विवरण तथा उपलब्ध प्रमाणका आधारमा घटनाको वास्तविकता पत्ता लगाउने र घटनामा संलग्न तथा जिम्मेवार देखिएका व्यक्तिमाथि आवश्यक कानुनी कारबाहीका लागि सरकारसमक्ष सिफारिस गरिने छ । घटनाको सत्यतथ्य सार्वजनिक गर्दै दोषीलाई कानुनी दायरामा ल्याउने सरकारको प्रतिबद्धता रहेकाले सोही अनुसार आफूहरुले काम थालेको थापाले जानकारी दिनुभयो । उहाँले आफ्नो नेतृत्वमा नेपाल प्रहरीका विपिन रेग्मी, सशस्त्र प्रहरीका विक्रम होमागाई, उर्जा तथा जलस्रोत मन्त्रालयका शालीग्राम भण्डारी सहित पाँच जना फिल्ड रहेको जानकारी दिनुभयो ।

१, कप्तानगञ्ज घटनाका मृतकको वुवा किसुनदेव मेहतालाइ भेट्ने क्रममा छानबिन समिति । 

तस्बिर : जयकृष्ण यादव । इनरुवा