कफ्र्यु आदेश चौथोदिन पनि निरन्तर
जयकृष्ण यादव । इनरुवा
इनरुवा, साउन १४ गते । सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिका ३ कप्तानगंजमा राती गोली लागेर मृत्यु र घाईते भएको घटनालाई लिएर उत्पन्न भएको असहज अवस्थालाई नियन्त्रणमा लिनका लागि सोमबारदेखी लाग्दै आएको कफ्र्यु आदेश चौथोदिन पनि निरन्तर रहेको छ । घटनाको दोस्रो दिन सोमबार पनि विभिन्न स्थानमा प्रदर्शन सुरु भएपछि देवानगञ्जमा लगाएको कफ्र्यु आदेश तीनदिदेखी जिल्लाको अन्य ठाउँमा समेत बढाएको छ । सुरुमा दुई स्थानीय तहमा लगाएको कफ्र्यु आदेश बुधबारदेखी १० स्थानीय तहको विभिन्न भागमा बढाएकाले कफ्र्युको चौथोदिन पनि निरन्तर रहेकाले जनजिवन प्रभावित भएको छ । चौथोदिन पनि निरन्तर रहेको कफ्र्यु आदेशले सर्वसधारण घरबाहिर निस्कन नपाएकाले जनजिवन प्रभावित भएको छ । जिल्ला सदरमुकाम इनरुवा सहित भोक्राहा नरसिंह, कोशी, हरिनगर, देवाजनगज, बर्जु, गढी र दुहवीमा कफ्र्यु आदेशको कारणले शैक्षिक संस्था, कलकारखाना, उधोग, बजार पसल बन्द रहेको छ । कफ्यु आदेशको पालन गराउन ठाउँठाउँमा ठूलो संख्यामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सहित एक हजार बढी सुरक्षाकर्मी परिचालन भएको छ । उता प्रभावित क्षेत्रमा नेपाली सेना सहितका सुरक्षाकर्मी परिचालन गरेको प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्यालले जानकारी दिनुभयो । उहाँले सबैलाई सम्यमित हुनलाई आग्रह समेत गर्नुभएको छ ।

१, कफ्र्यु आदेशको कार्यान्वयन गराउन परिचालन भएको सुरक्षाकर्मी
