जयकृष्ण यादव । इनरुवा
इनरुवा, साउन १४ गते । चारदिनदेखी जारी रहेको तनाव र कफ्र्यूले जनजिवन प्रभावित भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीमा शान्ति, सद्भाव र न्यायप्रति साझा प्रतिबद्धताका लागि संयुक्त बैठक बस्दै छ । अहिले दुई बजेपछि सुनसरी जिल्लामा शान्ति, सुरक्षा, सामाजिक सद्भाव कायम गर्दै पीडित पक्षको न्याय सुनिश्चित गर्ने विषयमा आवश्यक छलफल, समन्वय तथा साझा निष्कर्षमा पुग्ने उद्देश्यले बैठक बस्न लागेको हो । आज दिउँसो २ः०० बजे जिल्ला प्रशासन कार्यालय सुनसरीमा प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालको समन्वयमा जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य, संघ तथा प्रदेश सभा सदस्यहरू, प्रमुख राजनीतिक दलका जिल्ला प्रमुख तथा प्रतिनिधिहरू, स्थानीय तहहरु देवानगञ्ज, हरिनगरा, कोशी, भोक्रहा नरसिंह गाउँपालिका र इनरुवा नगरपालिकाका प्रमुख, अध्यक्ष तथा उपाध्यक्ष र उपप्रमुखहरू, सुरक्षा निकायका प्रमुखहरू, नागरिक समाजका अगुवा, धार्मिक संस्थाका अगुवाहरु, देवानगञ्ज गाउँपालिकामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरूको उपस्थितीमा संयुक्त बैठक आयोजना गरिएको छ ।