सुरज भेनियर तथा प्लाईवुड इन्ड्रिट्रिज प्रालिमा आगजनी र लुटपाट
सुनसरीको सीमावर्ती भोक्राहा नरसिंह गाउँपालिका ५ मा रहेको श्री सुरज भेनियर तथा प्लाईवुड इन्ड्रिट्रिज प्रालिमा आगजनी र लुटपाट भएको छ । कप्तानगंजमा आईतबार राती गोली लागेर एकको मृत्यु र घाईते भएको घटनालाई लिएर उत्पन्न भएको असहज अवस्थालाई नियन्त्रणमा लिनका लागि सोमबारदेखी कफ्र्यु आदेश जारी गरेकोमा मंगलबार राती सुरज भेनियर तथा प्लाईवुड इन्ड्रिट्रिजमा आगजनी गर्नुका साथै लुटपाट भएको हो ।

अपरितिच व्यक्तिहरुले भेनियरको मध्यभागमा रातीको २ बजेको समयमा दुई चट्टा प्लाईमा आगो लगाएको र आगो निभाउन गएको कामदारहरुको आबासबाट गरगहना र नगद लुटपाट गरेर लगेको सुपरभाईजर उमेश यादवले जानकारी दिनुभयो ।

घटनाको बारेमा प्रहरीमा जानकारी गराएकोमा प्रहरी विहान मात्रै आईपुगेको गुनासो गर्नुभयो । रातीको समयमा घटना भएकाले मानिसको पहिचान नभएको यादवले बताउनुभयो । आगोलाई नियन्त्रणमा लिन स्थानीय कामदार र सञ्चालक सहितका पुगेको मौकामा आबास क्षेत्रको कोठामा रहेको दराज भोडी मजदुरलाई दिन ल्याएर राखेको दुई लाख ८० हजार रुपियाँ नगद, संचालक ओमप्रकाश राय यादवका पत्नीको तीन तोला सुन लुटेर लगेको यादवले जानकारी दिनुभयो ।

आगो लागेको मजदुरले देखेपछि समयमा नै नियन्त्रणमा लिएको तर अपराधी फेला पार्न नसकेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले आगजनी प्रयास र लुटपाट भएको जानकारी आएको तर के कती क्षती भएको र लुटपाट भएको एकिन नभएको जनाएको छ ।
