इनरुवा ,साउन १५ गते । सुनसरीको देवानगञ्ज गाउँपालिका ३ कप्तानगञ्जमा भएको गोली काण्डका दुईजना मृतकको शव पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगर लगिएको छ । अहिले केहीबेरमा पोष्टमार्टम गरी राती ८ बजे देवानगञ्जमा अन्तिम संस्कार गर्ने तयारी भएको जनाएको छ । कप्तानगञ्ज घटनामा ज्यान गुमाउनुभएका २४ वर्षीय ओमप्रकाश मेहता र २१ वर्षीय जयप्रकाश मेहताको पोष्टमार्टम गरी परिवारले शव बुझेर अन्यष्टी गर्ने प्रतिनिधि सभा सदस्य लालविक्रम थापाले जानकारी दिनुभयो । थापाका अनुसार मृतकदोयका पोस्टमार्टमका लागि शव कोशी अस्पताल लगिएको र आज साँझ अन्तिम संस्कार गर्ने तयारी भएको छ । मृतक ओमप्रकाश मेहताका बुवा कृष्णदेव मेहताले छोराको शवयात्रा सहित राती ८ बजे अन्तिम संस्कार गर्ने जानकारी दिनुभएको छ । स्थानीय पत्रकार विवेक मेहताका अनुसार शोकमा रहेका देवानगञ्जबासी गोलीकाण्डमा मारिएका मेहतादोयको अन्तिम संस्कारमा सहभागि हुने तयारी भएको छ । मृतकका आफ्न्त र स्थानीयहरु मृतकको घरमा जम्माभेला हुन थालेको छ । सामुहिक रुपमा शव यात्रा गर्ने र राती ८ बजे देवानगञ्ज स्थित कप्तानगञ्जमा अन्तिम संस्कार गर्ने तयारी भएको जनाएको छ ।