कोशी प्रदेशको झापा जिल्ला झापा गाउँपालिका वडा नम्बर ७ निवासी निरज गनगाईले मोची महाकाली स्केटिंग यात्रा गर्नुभएको छ । मेचि पुलबाट साउन १० गते सुरु गर्नुभएको स्केटिंग यात्रा आठ दिनमा अर्थात १८ गते महाकालीसम्म पुगेर यात्रा सम्पन्न गर्नुभएको हो । स्केटिंग यात्रा भन्नाले मनोरञ्जन वा साहसिक कार्यका लागि स्केटहरू (ह्विल वा आइस स्केट) को प्रयोग गरेर गरिने लामो दुरीको यात्रा हो । हालै गनगाईले विभिन्न सामाजिक वा साहसिक उद्देश्यका साथ लामो दुरीको स्केटिंग यात्रा गर्नुभएको छ । उहाँले रोलर इनलाइन स्केटिंग यात्रा सडक राजमार्गमा ह्विल स्केटको मद्दतले सम्पन्न गर्नुभएको हो । हालै साउन महिनाको द्रोस्रो हप्तामा ती युवाले नेपालको पूर्वी सिमाना मेची (काँकडभिट्टा) देखि पश्चिमी सिमाना महाकाली (महेन्द्रनगर) सम्मको सडक दुरी करिब १,०२८ किलोमिटरको यात्रा आठ दीनमा पुरा गर्नुभएको छ । पूर्व–पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग) हुँदै यो यात्रा गर्नु एक रोमाञ्चक र साहसिक अनुभव प्राप्त भएको गनगाईको भनाई छ , उहाँ भन्नुहुन्छ