जयकृष्ण यादव । इनरुवा
इनरुवा , साउन १९ गते । सुनसरीकाे भाेक्राहा नर्सिङ गाउँपालिकामा सर्वपक्षीय सामाजिक सद्भाव र्‍याली निकालिएको छ । कप्तानगञ्ज गाेली काण्ड पछि निषेधाज्ञा समेत हटेकाले भाेक्राहा नर्सिङ गाउँपालिकाकाे अगुवाइमा सबै धार्मिक तथा समुदायको नागरिककाे सहभागीतामा सर्वपक्षीय सामाजिक सद्भाव र्‍याली निकालिएको हो । कप्तानगञ्ज घटना पछि उत्पन्न अवस्थालाई ध्यानमा राखेर सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न मंगलबार सामाजिक सद्भाव र्‍याली आयोजना गरिएकाे गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले जानकारी दिनुभएको छ।  सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न चिराैली चाैकदेखी शिवगञ्ज, फुलचाैक सम्म निकालिएको र्‍याली विभिन्न वडाको परिक्रमा गरेको थियो। भाेक्राहा नर्सिङ गाउँपालिकामा सम्पन्न भएको सर्वपक्षीय सामाजिक सद्भाव र्‍याली पछि  आयाेजित काेण सभामा ईस्लाम धर्म गुरु सैफुल्ला अन्सारी ,  हिन्दू धर्म गुरु लालु झा पण्डित , मानवअधिकारकर्मी रमेश भट्टराई , नेपाल मुस्लिम संघका अध्यक्ष हारुन अन्सारी , नेपाल यादव सेवा समितिका संस्थापक हरिगाेविन्द यादव सहितले कप्तानगञ्ज घटनाको छानबिन गर्न गठन भएको उच्चस्तरीय छानबिन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने , सामाजिक सद्भाव कायम गर्नुपर्ने , दाेषीलाई कार्वाही , शहिद परिवार लाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।
सद्भाव र्यालीमा संविधानसभा सदस्य सुर्य देव दास उराँवले सद्भावका लागि आह्वान गर्नुभयो । भाेक्राहाका प्रमुख प्रशासकीय अधिकृत जयप्रकाश गाैतम सहितले शहिदप्रति श्रद्धाञ्जली र घाइतेको स्वास्थ्य लाभको काममा गर्नुभयो । 
काेण सभा समापन गर्नुहुदै गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले घटना पछि साउन १३ गतेदेखि निरन्तर बैठक बसेर शान्तिपूर्ण वातावरण निर्माण गरेको , हिंसात्मक घटना भड्काउनबाट जाेगाएकाे दावी गर्नुभयाे । उहाँले भन्नुभयो , “काेही कसैले कसैलाई दुसमनी हाेईन, साझा बुझाई नागरिकले दाेष दिनुहुँदैन, मिलेर बस्नुपर्छ । “कप्तानगञ्ज सुनसरी र सिराहाको घटनापछि निकालिएको  र्‍यालीमा सबै जातजाति, धर्म, संस्कृतिका साथै सबै क्षेत्रका व्यक्तिहरू सहभागी भएको थियो । वक्ताहरु गोली लागेर ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरिएको थियो भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी आउन नदिन सरकारसँग माग गरेका थिए।