सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ७ चान्दबेलामा मदिरा खाएको र जग्गाको विषयमा विवाद हुदाँ एक जनाले चक्कु प्रहार गर्दा सञ्जय सिंह घाईते हुनुभएको छ । मंगलबार विहान साढे ११ बजेको समयमा स्थानीय मदिरा पसल अगाडि जग्गाको विषयमा भनाभन भएर विवादले उग्र रुप लिएपछि स्थानीय प्रकाश सिंहले चक्कु प्रहार गर्दा इनरुवा ७ का सञ्जय सिंह घाईते हुनुभएको हो । संजय सिंहको घाटीमा गहिरो घाउँचोट देखिएको र विराट टिचिंगमा उपचार भईरहेको स्थानीयबासी पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष निर्मल सिंहले जानकारी दिनुभयो । चक्कु प्रहार गर्ने प्रकाश सिंहलाई इलाका प्रहरी कार्यालय दुहवीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ । घटनाको विषयमा अनुसंधान भईरहेको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।