सुनसरीकाे गढी गाउँपालिका ५ हाेलैया सतैरझाेराका ईन्द्रदेव यादवले आफ्नो जग्गामा छिमेकी  रून्दी भन्ने जागेश्वर यादवले अनाधिकृत पिलर राखेको गुनासो गर्नुभएको छ । आलि छेक्ने गरि पिलर राखेको र साैचालयकाे फाेहाेर पनि आफ्नो खेतमा फालेर दुख दिएको र यस्तो किन गरेको ? भन्दा ,अशान्ती गरेकाले  शान्ति सुरक्षाको माग गर्दै पीडित पक्षले जिल्ला प्रशासन कार्यालय सुनसरीमा उजुरी  गरेको छ ।


पीडित ईन्द्रदेवले पीडक जागेश्वर यादवले हुल हुज्जत गरी ट्वाईलेटको फोहोर निकाली आफ्नो  घर आगन र खेतमा फाली वातावरण प्रदुषण गरी अशान्ती गरेकाले शान्ती सुरक्षा प्रदान गरी पाउँ भन्दै उजुरी गरेको गर्नुभएको हो  ।
इन्द्रदेव यादवले गढी गाउँपालिका वडा नं.५ बस्ने जागेश्वर यादव, उहाँको  पत्नि बुची भन्ने राम कुमारी यादव, विनु भन्ने विन्देश्वर यादव विरुद्ध प्रशासनमा उजुरी गरेको गर्नुभएको हो  ।
उजुरीको अंश “म निवेदक तथा विपक्षी अन्यायीहरू एकै गाउँटोलका मानिस भै छिमेकी मानिसहरु । म निवेदक तथा विपक्षीहरू घर बसोवास गरेका जग्गाहरू साविकमा पिता यादवकै भ विपक्षीको घर देखी उत्तर पटी रहेको मलुकी यादवकै नै विपक्षीको घर उत्तर पटी रहेको मलुकी यादवको घर भएको जग्गा समेत मेरो पिताकै मै यादवलाई घर बनाउन ०-७-७ जग्गा विक्री गरी निजको छोरा दिनेश यादवको पास गरी छुट्याई निजले सो बमोजिम भोग चलन गरी आएको छ ।(२) सो पश्चिात विपक्षीहरूलाई पनि घर बनाउन जग्गाको खाँचो भई माग गर्दा मेरा घोघन यादवबाट ०-३-० जग्गा खरिद गरी निजका पिता स्व. भोला यायषको पास गरी मलुकी यादवको सिमाबाट निजको नक्सा बमोजिमको अण्णा छुट्याई भोग चलन गरी आएका थिए ।(३) विपक्षी जागेश्वर यादवले म निवेदक समेत उपर सु.जि.अ.मा मुद्दा माथीक फैसला हुँदा म निवेदक उपरको दावी नपुगने ठहरि उक्त फैसला समेत अन्तिम भै रहेको अवस्था छ । विपक्षीहरूलाई दिएको ०-३-० जग्गा मलुकी यादवको सिमा देखी निजको जग्गाको नक्सा श्रेस्ता बमोजिमको पूर्व मुखको चौडाई ३३ फिट रहेकाले सोही बमोजिम भोग चलन गर्ने अधिकार हक दैया रहेकोमा सो भन्दा बढी जग्गा भोग चलन गर्न पटक पटक प्रयास गर्दा पनि सफल हुन नसक्ने अदालतबाट फैसला भएको कुरालाई समेत बेवास्ता गरी म निवेदक काम विशेषले घा बहीर रहेको अवस्थामा यही मिति २०८३ साल श्रावण ७ गते विहिबारका दिन अन्दाजि ११ बजेको समयमा विपक्षीहरूले आफ्‌ना ट्वाईलेटको फोहोर निकाली मेरो देवताको घ पछाडी फालेर वातावरण प्रदुषण बनाई उक्त फोहोरको कारण घरमा बस्न सक्ने अवस्थ समेत नरहेकाले निजको उत्तर पटी रहेको मलुकी यादवको जग्गा देखी निजको नक्स श्रेस्ता बमोजिमको चौडाई रहेको पूर्व मुख ३३ फिट र पश्चिम मुख ५२ फिट भित्र घ बनाउने वाल लगाउनु पर्नेमा अदालतको फैसला समेतलाई वेवास्ता गरी दुःख हैरानी परेशान गर्न मलुकी यादवको जग्गा देखी आफ्‌नो नक्सा श्रेस्ता बमोजिमको चौडाई भन् बढी जग्गामा वाल लगाउने स्थायी पक्की पिलर ढलान गर्न खोजेकाले तत्कालै निर्मा कार्य रोक्का राखी ट्वाईलेटको फोहोर मेरो जग्गा भित्र देउता घरको पछाडी फा घरमा रहन बस्न नसक्ने गरी वातावरण प्रदुषीत बनाएकोले निज अन्यायीहरूलाई झिकाई छलफल गराई हदै सम्म कारवाही र सजाय गरी पाउन सादर निवेदन गर्दछु । (४) लेखीएको व्यहोरा सत्य हो । झुट्ठा ठहरे कानून बमोजिम सहुँला बुझाउला ।”


प्रशासनले निवेदक इन्द्रदेव यादवले श्रावण ११ गते दिएको निवेदन आवश्यक शान्ति सुरक्षा र कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएको छ ।
यता  पिडित निवेदक इन्द्रदेव यादवले श्रावण ११ गते दिएको निवेदन आवश्यक शान्ति सुरक्षा र कार्वाहीका लागि जिल्ला प्रहरीकाे पत्र इलाका प्रहरी कार्यालय दुहबी हुदै छिटाहा पठाएकोले न्याय पाउने अपेक्षा गरेको प्रतिक्रिया दिनुभयो ।