आगलागि पीडितलाई नेकपा (एमाले)काे सहयाेग
लाेकेश निराैला
इनरुवा, साउन २१। इनरुवा–५, बलाहा,सुनसरी निवासी भानुभक्त श्रेष्ठको घरमा आगलागी हुँदा पूर्ण रूपमा क्षति भएको घटनाप्रति सहानुभूति व्यक्त गर्दै नेकपा (एमाले), इनरुवा–५ नं. वडा कमिटीले आर्थिक सहयोग हस्तान्तरण गरेको छ।

वडा कमिटीको २०८३ साउन १७ गते बसेको बैठकले पीडित परिवारलाई सहयोग गर्न इच्छुक महानुभावहरू तथा पार्टीका कार्यकर्ताबाट स्वेच्छिक रूपमा आर्थिक सहयोग संकलन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार संकलित रु. ४५,०६५/- पीडित परिवारलाई हस्तान्तरण गरिएको हो।
विहीबार भएकाे सहयोग हस्तान्तरण कार्यक्रममा नेकपा (एमाले) का नेताहरू पोस्ट नेपाल, खेमराज पोखरेल, लोकेश निरौला, केदार न्यौपाने, हरी पोखरेल, गोपी दकाल,गोबिन्द पोखरेल, अन्जनी पोखरेल, बिनोद भाई पोखरेल लगायतको उपस्थिति रहेको थियो।
वडा कमिटीकी अध्यक्ष पार्वतीराज पोखरेलका अनुसार सहयोग रकम इच्छुक महानुभाव र पार्टीका कार्यकर्ताहरूबाट स्वेच्छिक रूपमा संकलन गरिएको हो। विपद्को कठिन घडीमा पीडित परिवारको साथमा उभिने सबै सहयोगीप्रति उहाँले आभार व्यक्त गर्नुभयो।
यही साउन १६ गते आगलागि हुदा उहाँकाे घर पूर्ण रूपमा जलेर नष्ट भएकाे थियाे ।
