विभिन्न सात राजनीतिक दलले गरे अग्रगामी मोर्चा घोषणा
विभिन्न सात राजनीतिक दलले आज अग्रगामी मोर्चा घोषणा गरेका छन्।
मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल, सीके राउत नेतृत्वको जनमत पार्टी, रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी, जनार्दन शर्माको प्रगतिशील लोकतान्त्रिक पार्टी, रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टी, प्रभु साह नेतृत्वको आम जनता पार्टी र बहुजन एकता पार्टी आबद्ध छन् ।
मोर्चाको अवधारणापत्रमा सातै दलका नेताहरुले हस्ताक्षर गरेका छन् । काठमाडौँ नयाँ बानेश्वरस्थित एक पार्टी प्यालेसमा अहिले घोषणा सभा चलिरहेको छ ।
सभामा जनमत पार्टीका अध्यक्ष सीके राउतले सबै विचारधारा र वर्गलाई प्रतिनिधित्व गर्ने दलहरु मिलेर मोर्चा घोषणा गरिएको बताए ।
तत्कालका लागि कार्यगत एकता एकता गर्ने र आगामी चुनावमा साझा चिन्ह लिएर चुनावमा जानेसम्मको सहमति मोर्चामा आबद्ध दलहरुका बीचमा भएको छ।
