एक दिवसिय अन्तरक्रियात्मक गोष्ठी
सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर–५, बलाहामा सहकारी संस्थाहरुको शुद्धीकरण, सुदृढिकरण, सुशासन र दिगोपना विषयक एक दिवसिय अन्तरक्रियात्मक गोष्ठी भएको छ । बलाहा सहकारी सञ्जालको समन्वय र इनरुवा ५ नं. वडा कार्यालयको आयोजनामा गोष्ठी सम्पन्न भएको हो । गोष्ठीमा ९ वटा संस्थाका सञ्चालक समिति, लेखापरीक्षण समिति र व्यवस्थापक समेतको सहभागिता रहेको थियो । बलाहामा रहेका ९ वटा संस्थाहरुको लागि आयोजित गोष्ठी वडाअध्यक्ष अनिल कुमार पोखरेलको अध्यक्षता र इनरुवा नगरप्रमुख केदार भण्डारीको प्रमुख आथित्यतामा सम्पन्न भएको हो । कार्यक्रममा सहकारी संस्थाहरुको शुद्धीकरण, सुदृढीकरण र दिगोपनाको लागि विकल्पहरू विषयमा प्रशिक्षण दिएको प्रदेश सहकारी रजिस्ट्रार कार्यालय सुनसरीका सहकारी प्रशिक्षक एकराज दहालले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला सहकारी संघ सुनसरीका संचालक माधव प्रसाद आचार्य, जिल्ला बचत संघ सुनसरीका संचालक कृष्णप्रसाद घिमिरे, लेखा समिति सदस्य डमबरुवल्लभ भण्डारी र संचालक समितिहरु ,व्यवस्थापकहरु कर्मचारी ,सहकारी अभियन्ता र सहकारीकर्मी गरि ७० जनाको सहभागीता रहेको थियो ।
