इनरुवा , साउन २४ गते । सनुसरी जिल्लामा आम उपभोक्ताहरुबाट ग्याँस अभाव भएको सूचना प्राप्त भएकोमा गरिएको डिलरहरुको अनुमगनमा कुनै पनि ग्याँसहरु लुकाइछिपाई राखिएको नपाइएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । प्रशासन कार्यालयबाट डिलर तथा ग्याँस उद्योगहरुको अनुगमन गर्दा डिलरहरुले कुनै पनि ग्याँसहरु लुकाइ कालोबजारी गरेको नपाइएको जनाएको हो । जिल्लामा रहेका तीन उद्योग मध्ये कामाख्य ग्याँसमा निरन्तर रिफिलिङ भई बितरण भइरहेको र प्रिमा तथा मारुती (सुविधा ग्याँस) ग्याँस उद्योगमा ग्याँस स्टक समाप्त भई रिफिलिङ कार्य रोकिएकोमा सम्बन्धित निकायसँग समन्वय गरी यथाशिघ्र ग्याँस बुलेट आयात भई ग्याँस आपूर्तीमा सहज हुने भएको प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले जानकारी दिनुभयो ।


१, ग्यास उधोगको अनुगमन गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीको अनुगमन टोली ।