अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बुधबार सुनसरीको विभिन्न स्थानीय तहमा विभिन्न कार्यक्रम गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी सुनसरीले जिल्लाभरी नै दिवशको अवसर विभिन्न कार्यक्रम सम्पन्न गरेको पार्टीका जिल्ला समिति सभापती सागर दाहालले जानकारी दिनुभयो । दाहालका अनुसार देवानगञ्जमा बाहेक सुनसरीको १२ वटा पालिकामा मध्ये ११ स्थानमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा कार्यक्रम सम्पन्न गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी सुनसरीले धरानमा मैत्रीपुर्ण फुटसल प्रतियोगिता, इटहरी उपमहानरपालिका र इनरुवा नगरपालिकामा लागूऔषध दुव्र्यसन विरुद्ध सचेतना र्याली, दुहबी नगरपालिकामा लागूऔषध दुव्र्यसन विरुद्ध सचेतना रÞ्याली र वृक्षारोपण कार्यक्रम, रामधुनी नगरपालिकामा रामधुनी मन्दिर सरसफाई, बराहक्षेत्र नगरपालिकामा मन्दिर सरसफाई, गढी गाउँपालिकामा सरसफाई तथा वृक्षारोपण कार्यक्रम, बर्जु गाउँपालिकामा म्याराथन दौड, कोशी गाउँपालिकामा सरसफाई तथा श्रमदान कार्यक्रम, हरिनगर गाउँपालिकामा रक्तदान शिविर र भोक्राहा नरसिंह गाउँपालिकामा स्लो बाइक रेस कार्यक्रम सम्पन्न गरेको दाहालले जानकारी दिनुभयो । जिल्ला सभापति दाहालले जिल्ला समितिद्वारा आयोजित कार्यक्रममा पार्टीका नेताकार्यकर्ता, युवा, विधार्थीहरु, पार्टी सदस्य लगायतको उपस्थिति रहेको जानकारी दिनुभयो । पार्टीको केन्द्रिय निर्देशन अनुसार अन्तर्राष्ट्रिय युवा दिवस पार्टीले विभिन्न पालिका र जिल्लामा युवा दिवस मनाएको छ । संयुक्त राष्ट्रसंघको घोषणाबाट सन् १९९९ देखि अगस्त १२ का दिन अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिएको छ ।