सुनसरी। विजयादशमीको पावन अवसरमा सत्य संसारका वरिष्ठ समाचारदाता अनिल श्रेष्ठले दशैंको टीका ग्रहण गर्नुभएको छ।
विजयादशमीको अवसरमा टीका तथा आशीर्वाद ग्रहण गर्दै वरिष्ठ समाचारदाता श्रेष्ठले सत्य, न्याय र सुशासनको पक्षमा निरन्तर समाचार लेख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
पत्रकारिता समाजको ऐना भएकाले पत्रकारले निष्पक्षता, सत्यता र जिम्मेवारीलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ छ। समाजमा विद्यमान विकृति, विसङ्गति र अनियमिततालाई उजागर गर्दै जनताको आवाज सम्बन्धित निकायसम्म पुर्‍याउनु पत्रकारिताको महत्त्वपूर्ण दायित्व भएको उहाँले बताउनुभयो।


दशैंले आपसी सद्भाव, एकता, भाइचारा र सामाजिक सहिष्णुताको सन्देश दिने उल्लेख गर्दै श्रेष्ठले चाडपर्वले समाजमा सकारात्मक सोच र सद्भाव अभिवृद्धि गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ।
विजयादशमीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना।