नेकपा एमालेका पूर्व सुनसरी जिल्ला कमिटि अध्यक्ष एवम् इटहरी उपमहानगरपालिकाका निवर्तमान प्रमुख द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्र प्रवेश गर्नुभएको छ । चार दशकदेखी राजनितिकमा सकृय रहनुभएका नेकपा एमाले सुनसरी जिल्ला पुर्वअध्यक्ष समेत रहनुभएका चौधरी प्रदेश सभाको टिकट पाउने आशा र सर्त सहित नेकपा माओवादी प्रवेश गर्नुभएको हो ।
चौधरीले आफू काठमाडौँमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर पार्टी प्रवेश गर्नुभएको पार्टीका पोलिटव्युरो सदस्य निर्मल बरालले जानकारी दिनुभयो । पार्टी प्रवेश कार्यक्रममा माओवादी नेतृ पूर्व मन्त्री रामकुमारी चौधरी, पार्टीका जिल्ला अध्यक्ष योगेन्द्र मण्डल, युवा नेता मदन चुडाल , पूर्व सभासद अनिता परियार, पूर्व जिल्ला अध्यक्षहरु समेतको उपस्थिती रहेको थियो ।


पार्टीका सुनसरी संयोजक योगेन्द्र मण्डलले निर्शत रुपमा चौधरी पार्टी प्रवेश गरेको जानकारी दिनुहुदै उहाँलाई सम्मानजनक व्यवस्थापन गर्ने प्रतिकृया दिनुभयो ।
गठबन्धनका तर्फबाट सुनसरी २ (१) माओवादीको भागमा पर्ने सङ्केत पाएको र एमालेमा लामो समयदेखी खटपट हुदै आएकाले अपमान सहेर पार्टीमा बस्न नसक्ने भन्दै चौधरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातबाट टिका लगाएर पार्टी प्रवेश गर्नुभएको हो । नेकपा एमालेको नवौँ जिल्ला अधिवेशनमा सुनसरी जिल्ला अध्यक्ष पराजित भएपछि असन्तुष्ट रहनुभएका चौधरी पार्टी परिवर्तन गर्ने मोडमा पुग्न्भएको हो ।


जिल्लामा मुख्यतः इटहरीका पूर्व उपमेयर लक्ष्मी गौतम र पार्टीका जिल्ला अध्यक्ष रेवतिरमण भण्डारी विरुद्ध उहाँ खुलेरै विरोधमा लाग्नुभएको थियो । उता चौधरी माथि स्थानीय तह निर्वाचनमा एमाले उम्मेदवारलाई असहयोग गरेको आरोप छ ।
केपी ओलीको अहङ्कारलाई ध्वनि साफ गर्न माओवादी प्रवेश गरेको हुँ ः नवप्रवेशी चौधरी
निवर्तमान मेयर द्वारीकलाल चौधरीले केपी ओलीको अहङ्कारलाई ध्वनि साफ गर्न नेकपा माओवादी केन्द्र प्रवेश गरेको बताउनुभएको छ । एमालेमा आफ्नो आत्मसम्मान नभएको भन्दै यस्तो निर्णय लिएको बताउनुभयो । चौधरीले भन्नुभयो “जुन ठाउँमा आत्मसम्मान हुँदैन भने किन अपमान भएर राजनीति गर्ने त्यसैले ओलीको अहङ्कारलाई ध्वनि साफ पार्नु छ ।”
चौधरीलाई पार्टी प्रवेश गराएर सुनसरीको निर्वाचन क्षेत्र नम्बर २ (१) मा प्रदेश सभा सदस्यका लागि टिकट दिने तयारी भएको माओवादी स्रोतको दावी छ ।