नेपाली काग्रेस र काग्रेंस सहितको गठबन्धनका उम्मेदबारलाई जिताउन नेपाली काग्रेंसले अपिल गरेको छ । नेपाली कांग्रेसका सुनसरी सचिव वीरेन्द्र कुमार साहले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कांग्रेस र पार्टीको गठबन्धन भएका उम्मेदवारलाई अत्यधिक बहुमतका साथ विजयी गराउन अपिल गर्नु भएको छ ।
स्थानीय तहको निर्वाचनमा कार्वाहीको सिफारिस भएका, निषकृय रहेका र असन्तुष्ट भएर बसेका सबैलाई मंसिर ४ मा हुन लागेको आम निर्वाचनको लागि सहयोग गर्न आग्रह गर्नुभएको छ । पार्टीले निर्वाचनमा गर्ने सहयोग र अनुशासनलाई अधार मानी निणर्य गर्ने भएकाले सोही अनुसार सबैलाई निर्वाचनमा होमिन आग्रह विज्ञप्ती मार्फत गर्नुभएको छ । विगतमा कांग्रेसको सामाजिक र राजनीतिक आन्दोलन सफल भएको भन्दै कांग्रेसलाई फेरि एकपटक जिताउन अपिल गर्नुभएको हो ।
संविधानको कार्यान्वयनबाट जनतालाई सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि प्रत्याभूत गर्न तथा मुलुकलाई स्वाधीन, स्वाभिमानी र समुन्नत बनाउने राष्ट्रिय महायज्ञमा फेरि एकपटक कांग्रेसकै नेतृत्वदायी भूमिका अपरिहार्य देखिएको जनाएको छ ।
काग्र्रेसले हिमाल, पहाड र तराई–मधेशलाई एक सूत्रमा जोड्दै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि सुनिश्चित गर्ने बेला आएको जनाएको छ ।