जयकृष्ण यादव । इनरुवा इनरुवा, कात्तिक ५ गते । नेपाली काङ्ग्रेस सहितको सत्ता गठबन्धनको आयोजनामा सुनसरी निर्वाचन क्षेत्र नं.४ ले जिल्ला सदरमुकाम इनरुवामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । शुभदिपावली र छठ पर्वको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको सत्ता गठबन्धन आवद्ध नेपाली काग्रेंसका इनरुवा ३ वडा सभापती सुनोज निरौलाले जानकारी दिनुभयो । निरौलाका अनुसार सुनसरी निर्वाचन क्षेत्र नं.४ नेपाली काग्रेंस क्षेत्रीय सभापती ऐयुव अंसारीको विषेश आथित्यता र पार्टीका इनरुवा सभापती एवम् जिल्ला समन्वय समितिका प्रमुख राजन मेहताको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा पार्टीका क्षेत्रीय सभापती ऐयुव अंसारीले शुभकामना दिनुहुदै पार्टी भित्रको लोकतन्त्रलाई प्रगाढ बनाउदै संघीय, लोकतन्त्र र संविधान रक्षाका लागि निर्वाचनमा होमिनुपर्ने बताउनुभयो । वहाँले पार्टीभित्रका साथीहरुको भावनाको कदर गर्ने आफ्नो दायित्व भएको र पार्टीलाई सहयोग गर्नुपर्ने कार्यकर्ताको पनि दायित्व भएको बताउनुभयो । त्यसैगरी जिसस प्रमुख राजन मेहताले विकासका सबैको ध्यान जाओस भनेर शुभकामना दिनुभयो । नेपाली काग्रेंस सुनसरी सचिव वीरेन्द्रकुमार साहले नेपाली काग्रेंस पार्टी सबैलाई मिलाएर लान सक्ने र देशको निकास दिन सक्ने हैसियत भएको पार्टी भएकाले गठबन्धनलाई जिताउने अभियानमा लाग्नुपर्नेमा जोड दिनुभयो । साहले देशमा शान्ती, संविधान र विकासको काम काग्रेंसको नेतृत्वमा आएकाले मंसिर ४ गतेको निर्वाचनमा यसलाई प्रचारप्रसार गर्दै मतदातासम्म पुर्याउनुपर्ने जरुरी रहेको बताउनुभयो । त्यसैगरी प्रदेश सभा निर्वाचन क्षेत्र नं.४ (ख)का उम्मेदबार हाजि ईसराईल मंसुरीले पार्टीबाट आफू उम्मेदबार मात्रै नभई स्थानीय भएकाले सबै पर्वको शुभकामना दिनुहुदै नागरिकले असल नेतृत्व चयन गर्ने विश्वाश व्यक्त गर्नुभयो । कार्यक्रममा समानुपातिक उम्मेदबार फरिदा खातुन, हरिलाल मेहता, रेवतीरमण दुलाल, जिल्ला समिति सदस्य रोशन खड्का, जितेन्द्र यादव, रविन्द्र मण्डल, धिरज भट्टराई लगायतको उपस्थितिमा भब्य रुपमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन भएको थियो । उता प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिएसगैं चुनावी चर्चा र यसबीचमा चाडपर्व समेत भएकाले नेताकार्यकर्ताहरु व्यस्त हुन थालेका छन् । १, सुनसरी सदरमुकाम इनरुवामा आयोजना गरिएको शुभदिपावली र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रमका अथितिहरु । तस्विर ः जयकृष्ण यादव । इनरुवा