डुम्राहामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
इनरुवा, कात्तिक ८ गते । नेपाली काङ्ग्रेस सहितको सत्तारुट गठबन्धनको आयोजनामा सुनसरी निर्वाचन क्षेत्र नं.४ ले जिल्ला सदरमुकाम इनरुवा ८ डुम्राहामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । सुनसरीको इनरुवा–८ डुम्राहामा नेपाली काङ्ग्रेस सहित नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी सहितको सत्तारुड गठबन्धनको आयोजनामा शुभदिपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि एवं कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले विकास, सुशासन, संविधानको रक्षा र लोकतान्त्रको संरक्षण गर्न गठबन्धन बनेको बताउनुभयो ।



वहाँले आफू सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा विकासको लहर ल्याएको र अहिले विकाससगैं संविधानको रक्षाका लागि गठबन्धनको आवश्यक परेको बताउनुभयो । कार्यक्रममा निर्वाचन क्षेत्र नम्बर ४ (ख) का उम्मेदवार हाजी इसराईल मन्सुरी, नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर–४ का क्षेत्रीय सभापति ऐयुव अन्सारी, नेकपा माओवादी केन्द्रका इनरुवा अध्यक्ष तोया गिरी र नेता रमेश भट्टराई, नेकपा एसका सरस्वती लुईटेल केसी लगायतका सत्तारुढ गठबन्धनका नेताहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा नेपाल संवत, शुभदिपावली र छठ पर्वको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम गरेको भन्दै मन्त्री कार्कीले आयोजकलाई धन्यवाद दिनुहुदै निर्वाचनमा होमिन सत्ता गठबन्धन आवद्ध दलहरु र नेताकार्यकर्तालाई आग्रह गर्नुभयो ।
कार्यक्रममा पार्टीका क्षेत्रीय सभापती ऐयुव अंसारीले शुभकामना दिनुहुदै देशमा संघीय, लोकतन्त्र र संविधान रक्षाका लागि निर्वाचनमा होमिनुपर्ने र गठबन्धका उम्मेदबारलाई जिताउनुपर्ने बताउनुभयो ।
त्यसैगरी प्रदेश सभा निर्वाचन क्षेत्र नं.४ (ख)का उम्मेदबार हाजि ईसराईल मंसुरीले पार्टीबाट आफू उम्मेदबार मात्रै नभई स्थानीय भएकाले सबै पर्वको शुभकामना दिनुहुदै नागरिकले असल नेतृत्व चयन गर्ने विश्वाश व्यक्त गर्नुभयो ।
कार्यक्रममा समानुपातिक उम्मेदबार फरिदा खातुनले सबै आआफ्नो भोटको सही सदुपयोग गर्ने विश्वाश व्यक्त गर्नुभयो । कार्यक्रममा हरिलाल मेहता, जिल्ला समिति सदस्य रविन्द्र मण्डल, इनरुवा उपप्रमुख विनिता कुमारी मेहता, नेता विष्णु मण्डल, डा. अवुल हुसेन, लगायतको उपस्थितिमा भब्य रुपमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन भएको थियो । उता प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिएसगैं चुनावी चर्चा र यसबीचमा चाडपर्व समेत भएकाले नेताकार्यकर्ताहरु व्यस्त हुन थालेका छन् ।
यसअघि सञ्चार तथा सूचना प्रविधि एवं कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आफ्नो क्षेत्रका सबै विद्यालयलाई स्मार्ट विद्यालय बनाउने बताउनुभएको थियो । उहाँले आफ्नो कर्मक्षेत्र सुनसरी क्षेत्र नं. ४ भएकाले सबै विद्यालयलाई स्मार्ट विद्यलाय बनाउने उदघोष गर्नुभएको हो ।
फरक प्रसंगमा गरिबी निवारण,रोजगार सृजना र कृषिलाई यान्त्रिकिकरण गर्न आफू र आफू आवद्ध पार्टी तथा सरकार लागि परेको बताउनुभयो । मन्त्री कार्कीले आफ्नो क्षेत्रमा ८० प्रशितत बाचा पुरा गरेको समेत बताउनुभयो ।
उहाँले राजनीतिकमा कमाउनका लागि नभई जनताको सेवा गर्नका लागि आएको बताउनुभयो । सञ्चार तथा सूचना प्रविधि एवं कानुन मन्त्री तथा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य समेत रहनुभएका सत्ता गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नं.४ को प्रतिनिधिसभाका उम्मेदवार रहनुभएका कार्कीले आफ्नो कर्मक्षेत्र सुनसरी भएको बताउनुभएको छ ।

१, सुनसरीको इनरुवा नगरपालिका ८ डुम्राहामा सत्तारुड गठबन्धनले अयोजना गरेको शुभकामना कार्यक्रममा मन्त्री कार्की ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा
