सुनसरी निर्वाचन क्षेत्र नं. ४ का उम्मेदबार यादवको एजेण्डा शिक्षा र स्वास्थ्य
जयकृष्ण यादव । इनरुवा इनरुवा, कात्तिक १६ गते । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि सुनसरी निर्वाचन क्षेत्र नं. ४ का उम्मेदबारहरुले आफूहरुको एजेण्डा लिएर होमिएको बेला राप्रपाका उम्मेदबार विद्यानन्द यादवले शिक्षा र स्वास्थ्य सहितको विकास रहेको बताउनुभएको छ । शिक्षाको अभावका कारणले बेरोजगार भई बस्नुपरेको भन्दै प्राविधिक सहितको विद्यालय र क्याम्पस निर्माणदेखी अस्पतालसम्मको आपुर्ती गर्नका लागि आफू उम्मेदबार भएर चुनावी मैदानमा आएको बताउनुभएको छ । यादवले उच्च शिक्षाका लागि टेकनिकल कलेज र ५० सैयाको अस्पातल तथा उतरमा फुटबल र दशिक्षमा त्रिकेट खेलमैदान निर्माण सहित कृषि क्षेत्रमा आवद्ध भएका किसानलाई राहतदेखी अनुदानसम्म र समयमा मलदेखी कृषिमा आधुनिकिकरण तथा यान्त्रिकिकरणसम्मको एजेण्डा लिएर मत माग्न आएको बताउनुभयो । उहाँले प्राथमिकतामा शिक्षा भएपनि समग्र विकास, समृद्धि र सुशासन पनि आफ्नो प्रतिवद्धा पत्रमा राखेको बताउनुभयो ।